काठमाडौ । समन्यतया पेट फुल्ने समस्या अस्वस्थकर खानपान, अपच तथा ग्यास्ट्रिकका कारणले हुने गर्छ । त्यस्तै कुनै खालको बिमारीको कारण पानि पेट फुल्ने समस्या देखा पर्छ । पेट फुलेर डम्म हुने र अप्ठ्यारो अनुभव हुने हुँदा यस्तो समस्याले छटपटी हुने पनि हुन्छ । खासमा पेट फुल्नुको कारण एरिटेबल बाउल सिन्ड्रोम, अल्सर जस्ता समस्याहरुको कारणले पनि हुन सक्छ । कलेजोमा कुनै इन्फेक्सन तथा हेपटाइटिस लगाएतका रोगहरुको कारणले पनि यो पेट डम्म हुने र फुल्न गर्दछ। हामी तपाईलाई यस्ता खानेकुराहरुको बारेमा जानकारी गराउदै छौ । जसबाट तपाईले पेट फुल्ने तथा डम्म हुने समस्याबाट मुक्ति पाउनु हुनेछ ।

 

कागती पानी
कागती पानीले पेटलाई सफा राख्नुको साथै सरिरको लागि अनावस्यक पानि तथा ग्यांस निकाल्ने सबैभन्दा राम्रो मानिन्छ ।

अदुवा
खाएको कुरा नपच्ने (अपच) को औषधी अदुवा जस्तो अरु केहि हुनसक्दैन । यसमा पाईने एन्टी इन्फ्लेमेटरी तत्वको कारणले पेटले राहतको अनुभती हुने गर्दछ ।

नरिवल पानी
काँचो नरिवलको पनि पोटासियम प्रशस्त मात्रामा पईन्छ । जसले शरिरमा सोडियमको मात्रालाई सन्तुलनमा राख्न कार्यमा सहयोग गर्दछ ।

केरा
केरामा पाइने प्रशस्त पोटासियमले शरिमा सोडियम सन्तुलित गरि पेटको फुल्ने प्रक्रियामा कम गर्ने कार्य गर्दछ ।

फर्सी
यसमा भिटामिन ए, पोटाशियम र फाइबर पाइन्छ। यसले पाचन प्रक्रिया ठिक बनाउँछ।

दही
यसमा प्रोबायोटिक्स अर्थात शरिरलाई चाहिने ब्याक्टेरिया पाइन्छ। फुलेको पेटको लागि दही अत्यधिक लाभ्दायक हुने गर्दछ।

 

सबैको जानकारीको सेयर गर्नुहोस !!

 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु