काठमाडौ । शिक्षाविद् अंगुरबाबा जोशीको ८९ वर्षको उमेरमा शनिबार निधन भएको छ । लामो समयदेखि क्यान्सरसँग लड्दै आएकी उनको बाँसबाँरीस्थित न्यूरो अस्पतालमा उपचारकै क्रममा निधन भएको हो । छातीमा देखिएको संक्रमणका कारण तीन सातादेखि उनी न्युरो अस्पतालमा उपचाररत थिइन् । जन्मदैं थ्यालिसयमिया माइनरबाट ग्रसित, अध्ययनका लागी जीवनमा नै कहिल्यै विद्यालय नटेके पनि नेपालको पहिलो महिला क्याम्पस प्रमुख हुँदै नेपाली शिक्षा इतिहासमा नक्षत्र बनेर उदाएकी अग्रणी शिक्षाविद् तथा अभियन्ता जोशी आजबाट सदाको लागि अस्ताएको छ । जन्मदै रोग लिएर जन्मेकी जोशीले क्यान्सर जस्तो प्राणघातक रोगलाई दुईपट सम्म परास्त गरेपनि मृत्युलाई भने पन्छाउन सकेनन् ।

 

घाँटीमा लागेको क्यान्सर फाल्दा अनुहार बांगिए पनि उनका यात्राहरु शिक्षाबाट भने बाहिरिन पाएनन् । ऐनामा अनुहार हैन मन हेर्नुपर्छ भन्ने जोसी २०१९ मा पहिलो पटक पद्मकन्या क्याम्पसको प्रमुख हुदैँ नेपाली इतिहासमा पहिलो पटक क्याम्पस प्रमुखको रुपमा आफ्नो नाम लेखाउन सफल भएकी थिइन । अनवरत शिक्षण पेशामा सामेल भएकी जोशीले स्वयम राजाले हाजिर गर्न पठाएको शिक्षकलाई हाजिर गर्न नदिएर शिक्षामा राजनीति शैह्य नहुने प्रतिज्ञा गरेकी थिइन् ।

 

https://twitter.com/Vijaykumarko/status/1274353319855570945

कहिलै विद्यालय नगएकी जोशीले सन १९४८ मा श्रीमानसँगै एसएलसी दिइन् । महिला विद्यालय जान हुँदैन भन्ने मान्यता राख्ने उक्त समाजमा उनीसँगै साहना प्रधान, साधना प्रधान, भुवनराज्यलक्ष्मी राणा सहभागी भएका थिए । एसएलसी पश्चात विज्ञान अध्ययन गर्न त्रिचन्द कलेज भर्ना भएपनि श्रीमानले मात्र भर्ना पाएपछि प्राइभेट पढेर सरस्वती सदनबाट आइएको परिक्षा पास गरिन् । १८ बर्षसम्म अध्यापन गरेकी जोशीले जीवनका पिडालाई पुस्तकको रुप प्रदान गरिन र उनको जीवनबाट धेरैले पाठ सिक्न पाए । उनले क्यान्सर बरदान र वृद्धा अवस्था – जीवनको श्रीपेच पुस्तक प्रकाशन गरेकी छिन् ।

 

https://twitter.com/MohnaAnsari/status/1274364812806377472

समाज सेवा
भौतिक सम्पन्नता र अध्यात्मिक जागरणको सम्मिश्रणलाई नै सफलताको कडी मान्ने जोशीले आफ्नो कामहरूमा यही दर्शनलाई प्रतिबिम्वित गरेकी थिइन्। उनको पछिल्लो समाजिक कार्य भनेको केहि बर्ष पहिले खुलेको नेपालको पहिलो कन्याहरूको गुरूकुल हो। नेपालमा मेची देखि महाकाली सम्म केटाहरूको लागी गुरूकुल थिए भने महिलाहरूको लागी थिएनन्। नेपालको इतिहासमा 'गार्गी कन्या गुरूकुल' उनले खोलेकि थिइन्। जहाँ समावेशी रुपमा दलित महिलाहरूलाई पनि वेद पाठ गराइने गरिन्छ। चितवनको देवधाटमा रहेको श्री रामजानकी गार्गी कन्या गुरुकुल संस्थाको उनि संरक्षक रहेकि छिन्।

क्यान्सर रोगसँग संघर्ष
स्वास्थ्य सम्बन्धि विभिन्न समस्या सहित जन्मिएकी जोशीले दुईपटक क्यान्सर रोगलाई जितेकि थिइन् । घाँटीमा लागेको क्यान्सर का  टेर फाल्दा उनको अनुहार बाङ्गियो, तर सकारात्मक सोच र आध्यात्मिक चिन्तनका कारण कठिन शारीरिक अवस्थामा पनि उनी बिचलित भएकी थिइनन्। अध्यात्मिक साधनाले नै उनलाई जीवनका कठिनाईहरुसँग जुझ्न प्रेरणा दिएको थियो। शारीरिक समस्याहरूका कारण जीवन प्रति भरोसा गुमाएकाहरुका लागि अङ्गुरबाबा जोशी असल प्रेरणाकी स्रोत हुन सक्छिन्।

कृतिहरू

  • 'कल्पना कथासंग्रह' (बि. सं. २०३१)
  • 'क्यान्सर : बरदान'
  • ‘वृद्धा अवस्था : जीवनको श्रीपेच’
  • ‘दीक्षा’

सम्मान

  • गोरखा दक्षिण बाहु दोश्रो
  • त्रिशक्ति पट्ट तेश्रो
  • महेन्द्र विद्या भुषण पहिलो
  • उनको साहित्यिक योगदानलाई कदर स्वरुप अंगुरबाबा जोशीले २०७२ सालको जगदम्बा श्री पुरस्कार समेत प्रदान गरीयो।
  • उनलाई नेपालका प्रथम राष्ट्रपति रामवरण यादवबाट पनि सम्मान प्राप्त भयो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु