काठमाडौं । चीनको राजधानी बेइजिङमा नयाँ विरामी भेटिएपछि सङ्क्रमितको गरिएका करिब २० लाख परीक्षणमा थप २२ जना सङ्क्रमित भेटिएको चिनियाँ अधिकारीहरूले बताएका छन् । चीनले गत डिसेम्बरमा पहिलो कोभिड–१९ विरामी भेटेपछि करिब तीन महिनाको अवधिमा गरेको अथक प्रयासपछि चीनमा कोरोनाभाइरस सङ्क्रमण नियन्त्रणमा आएको बताएको थियो ।

केही दिन पहिले चीनको राजधानी नजिकै रहेको सिनफादी मासु बजार क्षेत्रमा कार्यरत व्यवसायी तथा कर्मचारीमा सङ्क्रमण देखिएपछि उक्त बजारसँगको सम्पर्क रहने स्थानीय वस्ती र विद्यालयहरू बन्द गरेर परीक्षण तथा उपचारमा तदारूकता देखाएको थियो । आइतबार सङ्क्रमितमध्ये एक जना स्वास्थ्यकर्मी (नर्स) पनि रहेको बेइजिङले जनाएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सिनफादीमा सङ्क्रमण देखिएपछि गरिएका परीक्षणमा अहिलेसम्म २२० जना सङ्क्रमित भेटिएका चिनियाँ समाचार संस्था सिन्ह्वाले स्थानीय अधिकारीलाई उद्धृत गरी उल्लेख गरेको छ । पछिल्लो पटक सङ्क्रमण पुष्टि भएपछिसङ्क्रमण नियन्त्रणका लागि सिनफादी वरपरका करिब २०० वस्तीमा करिब २३ लाख नागरिकको कोभिड–१९ परीक्षण गरिएको बताइएको छ ।

यसैबीच चीनले विदेशबाट आपूर्ति हुने खाद्य सामग्रीमार्फत कोरोना सङ्क्रमण भित्रिएको भन्दै परीक्षणलाई कडा पारेको छ । चीनको राजधानीस्थित एक मासु बजारबाट कोभिड–१९ सङ्क्रमित भेटिएको रिपोर्टसँगै खाद्य सामग्री (खासगरी सीफुड) को परीक्षणमा कडाई गरेको थियो । चिनियाँ स्वास्थ्यविदहरूले पछिल्लो समय कोभिड–१९ सङ्क्रमित विरामीमा यूरोपमा कोरोना भाइरस सङ्क्रमित विरामीको जस्तो लक्षण भेटिएको उल्लेख गरिएको छ ।

पछिल्लो चरणमा सङ्क्रमण पुष्टि भउका विरामीको लक्षण यूरोपका विरामीको लक्षणसँग मिल्दाजुल्दा रहेकोले यतिवेलाको सङ्क्रमण ‘यूरोपबाट चीन भित्रिएको’ चिनियाँ रोग नियन्त्रण तथा रोकथाम केन्द्रका झाङ योङले बताउनुभयो । चीनमा पछिल्लो चरणमा फैलिएको सङ्क्रमण यूरोपमा अहिले आउने विरामीकोभन्दा अलिक पूरानो स्वरूपको रहेको भेटिएको उहाँको दावी रहेको छ ।

सिनफादी क्षेत्रका विदेशबाट ल्याइएका सालमन जातका माछा काटिने अचानामा सङ्क्रमण भेटिएको चिनियाँ अधिकारीले बताएका छन् । यसै आधारमा चीनमा पछिल्लो समय देखिएको सङ्क्रमण यूरोपबाट चीन आपूर्ति हुने बरफमा राखी ल्याइएका सीफुडसँगै भित्रिएको हुनसक्ने झाङको दावी थियो ।

सम्बन्धित खबरहरु