काठमाडौ । एयर क्राफ्ट (मिनी जहाज) बनाएर नेपाली युवा एकाएक चर्चामा आएका थिए । एक सिटको प्यारामोटर (जहाज) निर्माण गरेर सफल परीक्षण समेत गर्दै दुनियाँलाई चकित बनाएका चितवन गड्यौलीका सरोज चेपाङ अहिले विद्युतीय कार र प्यारामोटर बनाउन व्यस्त छन् । राप्ती नगरपालिका–२ गड्यौली मिलन टोल बस्ने युवा वैज्ञानिक सरोजले पेट्रोलबाट चल्ने कारलाई परिवर्तन गरी चार्ज गरेर चलाउन मिल्ने कार बनाएर गुडाएका छन् । दुई वर्षअघि राप्ती नदी किनारमा प्यारामोटरको सफल परीक्षण गरेका चितवनका सरोज चेपाङले अहिले विद्युतीय कार निर्माण गरेका हुन् । चालकसहित पाँच जनाको क्षमता भएको पेट्रोलबाट चल्ने कारलाई परिवर्तन गरी चार्जबाट चल्ने बनाएका हुन् ।

 

 

उनले सो गाडी परीक्षण पनि गरिसकेका छन् । ४ घण्टा चार्ज गरेपछि १ सय २० किलोमिटर चल्ने उनको दाबी छ । उनले नयाँ कार बनाउँदा १० लाखदेखि १२ लाखसम्म खर्च हुने बताए । पाँच जना क्षमताको कारसँगै उनले तीन पांग्रे कार पनि बनाइरहेका छन्, जसमा दुई जना मात्र चढ्न मिल्छ । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. रामेश्वर अधिकारीले अर्डर गरेकाले तीन पांग्रे कार बनाएको सरोजको भनाइ छ ।

 

एउटा एयर बोट बनाएर पोखरीमा परीक्षण गरेपनि त्यसले त्यति चर्चा पाएन तर, अहिले पाँच वटा एयरबोट अर्डर आएको उनले बताए । उनीसहित डा. रामेश्वर अधिकारी, चिरञ्जिवी ओली, रोमान्च डल्लाकोटी र सन्तबहादुर चेपाङ मिलेर ‘सरोज चेपाङ परीक्षण तथा प्रशिक्षण केन्द्र’ दर्ता गराएका छन् । उक्त केन्द्रले एयर एम्बुलेन्स र ३२ सिटे बस निर्माण गर्ने योजना बनाएको छ । सीमान्तकृत समुदायको रुपमा चेपाङ समुदायलाई लिइन्छ । प्यारामोटर बनाएर सफल परीक्षण गरेपछि संघीय सरकार र बागमति सरकारले समेत युवा वैज्ञानिकका रुपमा सम्मान गरिसकेको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

https://www.youtube.com/watch?v=AFUZVg4q9gg&feature=youtu.be

सम्बन्धित खबरहरु