काठमाडौं । विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिड–१९) ले नयाँ रेर्कड बनाएको छ । बितेको २४ घण्टाभित्र विश्वमा एक लाख ८३ हजार जना कोरोना संक्रमित फेला परेका छन् । यसअघि एकैदिन यति धेरै संख्यामा थप संक्रमित भेटिएका थिएनन । हिजो फेला परेका कोरोना संक्रमितको संख्याले अहिलेसम्मकै रेकर्ड तोडेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले एकैदिनमा अहिलेसम्मकै सर्वाधिक संक्रमणका नयाँ रेर्कड पुष्टि गरेको छ । हिजो भेटिएका एक लाख ८३ हजार संक्रमितमध्ये ६० प्रतिशतभन्दा बढी उत्तर र दक्षिण अमेरिकाकै छन् । यी दुई महादेशका विभिन्न मुलुकहरुले लकडाउन खुकुलो बनाउँदै गर्दा निकै ठूलो संख्यामा संक्रमित भेटिएका हुन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

अहिलेसम्म विश्वभर ८९ लाख २८ हजार ६५२ जना संक्रमित छन् । यीमध्ये चार लाख ६७ हजार ६७१ जनाको ज्यान गइसकेको छ । अमेरिकामा मात्रै अहिलेसम्म एक लाख १९ हजार ९७९ जना संक्रमितले ज्यान गुमाएका छन् । त्यहाँ हालसम्म २२ लाख ७९ हजार ८७५ जनामा संक्रमण भइसकेको छ ।

अमेरिकापछि ब्राजिल कोरोना महामारीको चपेटामा सबैभन्दा बढी प्रभावित छ । त्यहाँ अहिलेसम्म १० लाख ८३ हजार ३४१ जनामा संक्रमित भेटिएका छन् भने ५० हजार ५९१ जनाको मृत्यु भएको छ । ब्राजिलमा मात्रै पछिल्लो एकैदिन ५४ हजार नयाँ संक्रमित भेटिए । संक्रमण र मानवीय क्षतिको संख्याका हिसाबले पहिलो स्थानमा अमेरिका र दोस्रो स्थानमा ब्राजिल यथावत् छन् ।

सम्बन्धित खबरहरु