काठमाडौं । अहिले विश्वभर चर्चामा रहेको जुम एपको प्रयोग नेपालमा पनि खुबै बढेको छ । विशेष गरेर त्रिभुवन विश्वविद्यालयलले यस्लाई उल्लेख्य रुपमा प्रयोग गरिरहेको देखिन्छ । यी बाहेक अन्य क्षेत्रहरुले पनि यस्को प्रयोग गर्दै आएका छन् । लकडाउनको यस समयमा जुम एप एक सभाहलको रुपमा आएको छ । सामान्य देखि लिएर अत्ति महत्वपुर्ण बैठकहरु पनि यसमा भइरहेका छन् । तर हामीले यस्ता एपहरु प्रयोग गर्दा धेरै कुराहरुमा ध्यान पुर्याउनुपर्छ । पहिलो कुरा त के भने यस्ता बैठकहरु गर्दा सकभर आफ्नै देशमा निर्माण गरिएका एपहरुको प्रयोग एकदम राम्रो हुन्छ ।

 

 

जुम एक चिनियाँ कम्पनी हो । यस्को गोपनीयता र सुरक्षालाई लिएर समय–समयमा प्रश्नहरु नउठेका होईनन् । तर नेपालसँग अर्को कुनै विकल्प नै भएन । जसकारण यो अहिले निकै चर्चामा रहेको छ । यस्को पछिल्लो उदाहारण नेपाल पर्यटन बोर्डले सोमबार आयोजना गरेको ‘जुम एप’ भर्चुअल बैठकमा अचानक देखा परेको एक भिडियोले पनि गरेको छ । यहाँसम्म की वयस्क भिडियो खुलेपछि कार्यक्रम स्थगित गर्नुपर्यो । अहिले यस घटनाका बारेमा अनुसन्धान गर्न समिति गठनसम्म पनि गर्नुपरेको छ ।

 

 

आज भएको के थियो जसकारण यस्को विश्वसनियतामाथि प्रश्न उठेको छ । पर्यटनसँग सम्बन्धी सुरक्षा निर्देशिका सार्वजनिक गर्न दिउँसो १ बजे ‘जुम एप’ भर्चुअल बैठक आयोजना गरिएको थियो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई प्रमुख अतिथि हुनुहुन्थ्यो । मन्त्री बोल्न सुरु गरेको एकछिनमै वयस्क भिडियो झण्डै एक मिनेट भन्दा लामो समय देखियो । मन्त्री बोल्दै गर्दा देखिएको यस्तो दृश्यपछि २ सय बढी सहभागीहरु अचम्मित गर्दै मिटिङ छोड्न वाध्य भए । उक्त जुम मिटिङमा देशभरका २ सय ५९ जना पर्यटन व्यवसायी, उद्यमी र संचारकर्मी सहभागी थिए ।

 

 

अनाधिकृत रुपमा भर्चुल मिटिङमा प्रवेश गरेका ‘ह्यारिस’ नामको आईडीबाट यस्तो घटना भएको बताइएको छ । पर्यटन मन्त्री भट्टराईले नेपालमा पर्यटन व्यवसायी समस्यामा रहेको, मजदुरले रोजीरोटी गुमाएको सन्दर्भ सुनाउँदा सुनाउँदै वेबिनारमा पोर्न भिडियो देखिएको थियो । जसकारण मन्त्री बोल्दा बोल्दै अचानक रोकिनुपर्यो । बोर्डका एक अधिकारीले कसैले ह्‍याक गरेर यस्तो दृश्यहरु देखाइएको हुनसक्‍ने बताउँदै यसबारेमा छानबिन भइरहेको बताएका छन् ।

 

 

भारतमा पनि यो एप प्रयोग भइरहेको छ तर सरकारले प्रयोग नगर्न अनुरोध गर्दै आएको छ । नेपाल सरकारका एक जना चर्चित मन्त्रीका बारेमा अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुमा यस खालका समाचार आउँदा सिंगो देशले लज्जावोध गर्नुपर्ने हुन्छ । त्यसकारण यसखालको प्रविधि प्रयोग गर्दा उपयुक्त रुपमा साइबर सुरक्षालाई ध्यानमा राख्नुपर्छ । केही समय पहिले प्रधानमन्त्री केपी शर्मा ओलीको साइट पनि ह्याक भएको कुरा बाहिर आएको थियो । आइटी क्षेत्रमा नेपालमा पर्याप्त जनशक्ति रहेको छ, यस्लाई सरकारले सही ठाउँमा प्रयोग गर्न सक्नुपर्छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु