काठमाडौं । बागलुङका १० स्थानीय तह आगामी वर्ष कोरोना रोकथाम, नियन्त्रण तथा गुमेको रोजगारी सिर्जना गर्ने कार्यक्रमलाई उच्च प्राथमिकता दिइ नयाँ बजेट तथा कार्यक्रम ल्याउने तयारीमा जुटेका छन् ।

काठेखोला गाउँपालिकाले बजेटमा कोरोना नियन्त्रण तथा रोकथामका लागि रु एक करोड बढीको विनियोजन गर्न लागेको अध्यक्ष अम्मरबहादुर थापाले जानकारी दिनुभयो । “आगमी वर्ष शिक्षा, कृषि तथा स्वास्थ्यलाई प्रमुख प्राथमिकता दिएर बजेट निर्माणमा जुटेका छौँ”, उहाँले भन्नुभयो “ विकास निर्माणको बजेट घटाएर कोरोना नियन्त्रण तथा रोकथामका लागि बजेट ल्याउने तयारीमा छौँ ।”

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सो करिब रु ४३ करोडको बजेट ल्याउन लागेको सो गाउँपालिकाले कोरोना मैत्री कार्यक्रम, सरसफाइ, सचेतना लगायतका कार्यक्रम ल्याउने तयारीमा गरेको जनाइएको छ । चालु आवका तालिम, क्षमता विकास लगायतका भीडभाड हुने खालका कार्यक्रम रद्द गरिएका छन् ।

जिल्लामा सबैभन्दा बढी बजेट ल्याउने बागलुङ नगरपालिकाले आगमी आवका लागि झण्डै एक अर्बको बजेटमा रु. १० करोड बजेट कोरोना शीर्षकमा विनियोजन गर्न लागेको छ । कोरोनाका कारण रोजगारी गुमाएकालाई स्वरोजगारी दिन नगरपालिका जमानी बसेर ऋण सहायता गर्ने लगायतका कोरोना मैत्री कार्यक्रम ल्याउने नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।

“धेरैले रोजगारी गुमाएर स्वदेश फर्कनुभएको छ” उहाँले भन्नुभयो, “गुमेको रोजगारी सिर्जना गर्ने गरी नगरपालिकाले बिना धितो ऋण उपलब्ध गराएर स्वरोजगार गर्ने नीति रहेको छ ।” यस्तै स्वास्थ्य सामग्री खरिद गर्ने, कोरोना उपचार तथा रोकथाममा खट्नेलाई विशेष प्याकेज जस्ता कार्यक्रम सार्वजनिक गर्ने नगरपालिकाको योजना रहेको छ ।

यस्तै जिल्लाको ताराखोला गाउँपालिकाले अन्य क्षेत्रका बजेट कटाइ कोरोनालाई प्राथमिकता दिएर बजेट निर्माणमा जुटेको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताउनुभयोे । कोरोना जोखिम बढ्दै जाँदा स्थानीय तहलाई क्वारेन्टिन तथा आइसोलेशन व्यवस्थापनमा समस्या हुन थालेको छ । अगामी दिनमा समस्या आउन नदिन स्थानीय तहले नयाँ बजेटमा कोरोनालाई बढी प्राथमिकता दिएका हुन् ।

स्थानीय तहमै आइसोलेशन निर्माण , सरसफाइ, कोरोनाबाट बच्ने उपाय लगायतका कार्यक्रम समावेश गरी बजेट ल्याउने तयारीमा जिल्लाका स्थानीय तहहरु जुटेका हुन् ।

सम्बन्धित खबरहरु