काठमाडौ । कोरोनाभाइरसका कारण लागु गरिएको लकडाउनले गर्दा देशभरका शैक्षिक संस्थाहरु बन्द छन् । जसको प्रभाव स्वरुप यस वर्ष एसईई परीक्षा समेत रद्द भइसकेको छ । एसईई परीक्षा रद्द गर्ने सरकारको निर्णयसँगै घरमा बसिरहेका विद्यार्थीलाई लक्षित गर्दै फ्युचर एजुकेसन अफ साइन्स एण्ड टेक्नोलोजी (फेस्ट) प्रालिले एसईई र प्लस टु अध्ययन गरेका विद्यार्थीलाई प्रोग्रामिङ ल्याङ्वेज ‘सी’ र ‘सी प्लस प्लस’ निःशूल्क रुपमा उपलब्ध गराउने भएको हो ।

 

 

कम्पनीले विद्यार्थीका लागि यी दुवै अनलाइन कोर्ष निःशूल्क उपलब्ध गराउने निर्णय गरेको फेस्टका संस्थापक अध्यक्ष धीरेन्द्र चन्द सोडारीले जानकारी दिए । उनका अनुसार फेस्टले विभिन्न क्षेत्र सम्बन्धी सफ्टवेयर डेभलपमेन्ट, वेबपेज डिजाइनिङ, डेटावेश डिजाइनिङ, विभिन्न किसिमका एप्लिकेशन बनाउनेदेखि आईटी सम्बन्धी आवश्यक परामर्श र इन्टर्नशिप र रोजगारको व्यवस्था समेत गर्दै आएको छ ।

 

आफूहरुले प्रविधिको क्षेत्रमा विगत ६ वर्षदेखि निरन्तर रुपमा सरकारी तथा गैरसरकारी संस्थाहरुमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा काम गरिरहेको कम्पनीका संस्थापक तथा सीईओ विक्कि महतले जानकारी दिए । लकडाउनसम्म विद्यार्थीहरुले घरमै बसेर पनि निःशूल्करुपमा सी र सी प्लस प्लस ल्याङ्वेज पढ्नसक्ने अवसर प्रदान गर्ने उद्देश्यका साथ यसको सुरुवात गरिएको उनले बताए । निःशूल्क रुपमा प्रोग्रामिङ ल्याङ्ग्वेज पढ्न चाहने विद्यार्थीहरुले यहाँ क्लिक गरी असार १० गतेसम्म अनलाइन फाराम भरिसक्नु पर्नेछ । आवेदन दिने सबै विद्यार्थीलाई पढाउने कम्पनीको लक्ष्य छ । ११ गते असारदेखि सुरु हुने अनलाइन कक्षा जूम, गूगल मीट र माइक्रोसफ्ट टिम्समार्फत पढाइनेछ । कक्षाको समय प्रति दिन ४५ मिनेटको हुने बताइएको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु