एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत–चीन सीमा विवादका विषयमा आत्मसमर्पण गरेको खुलासा भएको छ । भारतिय कांग्रेस पार्टीका पूर्व निवर्तमान अध्यक्ष एवं नेता राहुल गान्धिले त सिँधै नरेन्द्र मोदीको नाम नै सलेण्ड मोदी राखिदिएका छन् । भारतका प्रधानमन्त्रीले चीनसँग आत्मासमर्पण गरे भन्ने समाचार सेयर गर्दै उनले लेखे नरेन्द्र मोदी वास्तबमै सरेन्डर मोदी । राहुलले मात्र हैन अहिले भारतमा चर्को आलोचना भैरहेको छ। भारत–चीन सीमा विवादका विषयमा दिएको अभिव्यक्ति विवादास्पद भएपछि मोदी एकाएक अलोकप्रिय बन्दै गइरहेका छन् ।

 

https://twitter.com/RahulGandhi/status/1274573608933748736

 

पाकिस्तान, भुटान र नेपालजस्ता छिमेकीलाई आँखा देखाउने तर ड्रागनसँग डराएर आत्मसमर्पण गर्ने भन्दै भारतमा मोदीको अहिले चर्को विरोध भैरहेको छ । विषय निकै विवादित बनेपछि भारतीय प्रधानमन्त्रीको कार्यालयले स्पष्टीकरण दिनुपरेको छ । प्रधानमन्त्री कार्यालयले मोदीको भनाईलाई गलत अर्थ लगाएर अनावश्यक विवाद उत्पन्न गर्न खोजिएको भन्दै बयान बंग्याउन खोजेको छ । तर, प्रधानमन्त्री कार्यालयले दिएको स्पष्टीकरण झनै विवादमा परेको छ।

 

प्रधानमन्त्री मोदीले शुक्रबारको सर्वदलीय बैठकमा लद्दाखस्थित भारततर्फको सीमाभित्र ‘न कसैको प्रवेश भएको छ, न कसैले हाम्रा पोष्टहरु कब्जा गरेका छन्’ भन्ने अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्तिलाई लिएर भारतीय राजनीतिक वृत्तमा विपक्षीहरुले मोदीको कडा आलोचना गरिरहेका छन् । मोदीको अभिव्यक्तिले चीनलाई सपोर्ट गर्दै आत्मसमर्पण गरेको भन्ने अर्थ समेत विपक्षीहरुले लगाएका छन् । काँग्रेस नेता पी चिदम्बरमले सोधेका छन्– ‘यदि प्रधानमन्त्रीको कुरालाई सही मान्ने हो र भारतीय सीमानामा चिनियाँ सैनिक आएका थिएनन् भने झगडा किन भयो ? २० सैनिक शहिद किन भए ? दुई देशबीचको के कुराकानी भैरहेको थियो ?’

 

 

उता काँग्रेस नेता राहुल गान्धीले त लद्दाख घटनापछि लगातार प्रधानमन्त्री मोदीको कडा आलोचना गर्दै आएका छन् । उनले शुक्रबार मोदीले दिएको अभिव्यक्तिलाई चिनियाँ आ  क्रमणका अघि आत्मसमर्पण गरेको प्रतिक्रिया दिएका छन् । त्यस्तै, इन्डियन एक्सप्रेसका सुशान्तसिंहले ट्वीटमार्फत भनेका छन्ः ‘त्यसो हो भने २० सैनिकको कसरी मृत्यु भयो ? ७६ जना घाइते भए, १० जनालाई चिनियाँ सेनाले नियन्त्रणमा लियो, यो कसरी भयो त ?’ त्यसैगरी सामरिक मामलाका जानकार ब्रम्हा चेल्लानीले पनि प्रधानमन्त्रीतर्फ प्रश्न गरेका छन्– ‘के मोदीको यो भनाईले भारतले गल्वान उपत्यकामा चीनको यथास्थितिमा भएको परिवर्तनलाई जबर्जस्ती स्वीकारेको संकेत हो ?’

 

यद्यपि प्रधानमन्त्री कार्यालयले भने मोदीको अभिव्यक्तिका सन्दर्भमा स्पष्टीकरण दिँदै मोदीले जुन १५ तारिखको झ डपका सन्दर्भमा बोल्नुभएको स्पष्ट पारेको छ । शनिबार स्पष्टीकरण दिँदै कार्यालयले प्रधानमन्त्री मोदीले आफ्ना सैनिकहरुको बहादुरीका कारण कुनै चिनियाँ सेना त्यसदिन भारतीय सीमाभित्र प्रवेश गर्न नपाएको भन्ने विषयलाई अनर्थ लगाउन खोजिएको भन्दै स्पष्ट पारेको हो । मोदीले भारतीय सैनिकहरु शहिद भएर पनि चिनियाँ सैनिकहरुको घु सपै ठलाई विफल पारिदिएको भन्न खोजेको कार्यालय स्पष्ट पारेको छ । प्रधानमन्त्री मोदीले शुक्रबार लद्दाख झ डप (गल्वान) को विषयमा केन्द्रीत रहँदै सर्वदलीय बैठक बोलाएका थिए । उक्त बैठकमा अलग अलग पार्टीका नेताहरु अनलाइनमार्फत बैठकमा सहभागी भएका थिए । उनले भारतले शान्ति र मित्रता चाहने तर सार्वभौमिकताका विषयमा सम्झौता नगर्ने बताएका थिए ।

 

बैठकमा रक्षामन्त्री राजनाथसिंह, काँग्रेस अध्यक्ष सोनिया गान्धी लगायतका २० दलका प्रतिनिधिहरु सहभागी रहेका थिए । चिनियाँ र भारतीय सैनिक बीच झ डपको घटनामा गान्धीले गुप्तचरहरुको भूमिकामाथि प्रश्न उठाएकी थिइन् । गान्धीले एलएसीको विषयमा कुराकानी गर्ने सबै अवसरहरु प्रयोग गर्न असफल भइएको र त्यसैको परिणामस्वरुप २० जनाको मृत्यु भएको बताएकी थिइन् । जुन १५ मा लद्दाखस्थित गल्वान उपत्यकामा दुई देशका सैनिकबीच भएको झ डपमा  भारतीय सेनाका कर्णेलसहित २० जनाको मृत्यु भएको थियो । चिनियाँ सेनातर्फको क्षति विवरण भने अहिलेसम्म सार्वजनिक भएको छैन ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु