काठमाडौ । मोटोपन सबैको चिन्ताको विषय हो । तर हामी सहजै यो चिन्ता कम गर्ने विधि बताइरहेका छौ । कार्बोहाइड्रेट्स दुई प्रकारको हुन्छन् । एक, कम्प्लेक्स कार्बोहाइड्रेट्स र अर्को सिम्पल कार्बोहाइड्रेट्स । कम्प्लेक्स कार्बोहाइड्रेट्सको ग्लाइसेमिस इन्डेक्स कम हुन्छ, जुन स्वास्थ्यकालागि राम्रो हुन्छ । मोटोपन कम गर्नकालागि यसको प्रयोग गर्नुपर्छ । यसमा साबुत, अनाज, दाल, ओट्स, ज्वार आदि पाइन्छ । सिम्पल कार्बोहाइड्रेट्सको ग्लाइनेमिक इन्डेक्स बढी हुन्छ, जसले हाई ब्लड प्रेसर, डायबिटिज, मोटोपन आदिका कारण हुन्छ । यसबाट जोगिनुपर्छ । यो पास्ता, मैदा, ब्रेड, चामल, सख्खर आदिमा पाइन्छ ।

 

 

प्रोटिन बढाउनुपर्छ
प्रोटिनले शरीरको मेटावोलिज्म लेवल बढाउँछ । जसले फ्याट्स सेवन गरे पनि शरीरबाट क्यालोरिज तीव्र गतिमा बर्न हुन्छ । यसबाट तौल घट्छ । सबै प्रकारका दाल, ड्राइफ्रुट्स, बिन्स, हरियो तरकारी, सोयाबिन, दही, माछा, अण्डा आदि प्रोटिनका राम्रा स्रोत हुन् ।

 

फाइबर आवश्यक छ
फाइबरले मोटोपनका साथै कोलेस्ट्रोल पनि कम गर्छ । फाइबरले चाँडै पेट भरिएको अनुभव हुन्छ । यस्तोमा कम क्यालोरिजको सेवन गरिन्छ । त्यसैले आफ्नो डाइटमा फाइबर समावेश गर्नुपर्छ । यो ओटमिल, बिन्स, मटर फल आदिमा समावेश हुन्छ ।

 

पर्याप्त मात्रामा पानी पिउनुपर्छ
पानीले शरीरको मेटाबोलिज्म लेवल कायम राख्छ र यसबाट पेट भरिएको अनुभव हुन्छ । त्यसैले खाना खानुभन्दा आधा घन्टा अघि एक गिलास पानी पिउनु उचित हुन्छ । यसबाट कम मात्रामा खाना खाँदा पनि पेट भरिएको अनुभव हुन्छ । मनतातो पानी पिउनुपर्छ । यसबाट मेटाबोलिज्म राम्रो हुन्छ र एक्स्ट्रा क्यालोरिज पनि बर्न हुन्छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु