काठमाडौं । नेपालमा कोरोना महामारी लगातार बढ्दैछ । अहिले १० हजार ९९ जना कोरोना संक्रमित भएको सरकारी तथ्याङ्क रहेको छ । अहिले नेपाल मात्रै नभएर सिंगो विश्व नै यस्को उपचार खोज्दैछ् । यो बीचमा नेपालमा प्रधानमन्त्री केपी शर्मा ओलीले पटकपटक अदुवा, लसुन, बेसारजस्ता कुराहरु उपयोगि हुने बताउँदै आउँनु भएको छ । एकथरीले यस्लाई सकरात्मक रुपमा लिएको भए पनि अर्का थरीले आलोचना गरिरहेका छन् ।

यस विषयमा बरिष्ठ जनस्वास्थ्य चिकित्सक अरुणा उप्रेतीले पनि आफ्नो धारणा राख्नु भएको छ । नेपाली स्वास्थ्य क्षेत्रमा उहाँलाई धेरै चिन्छन् । उमेरले ६० वर्ष पार गर्नुभएकी उप्रेती स्वास्थ्य क्षेत्रमा लागेको ३५ वर्षभन्दा धेरै भयो । स्वास्थ जीवनका लागि अहिलेसम्ममा उहाँले पोषणका बारेमा धेरैलाई सचेत गराउनु भएको छ । अहिले पनि उहाँले पोषणसम्बन्धी जनचेतनाका लागि सक्दो पहल गर्दै आउँनु भएको छ । उहाँका अनुसार नेपालीको स्वास्थ्यमा दैनिक समस्या बढ्दै गइरहेको छ ।

उहाँले लेखमार्फत होस् कि प्रत्यक्ष रुपमा होस् नेपालीहरुलाई खानपानका बारेमा धेरै कुरा सिकाउनु भएको छ । उहाँको विचारमा नेपालीहरू जबसम्म पोषणका बारेमा सचेत भइसक्दैनन् तबसम्म उहाँ यो अभियानमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लाग्नु हुनेछ । परिवर्तित समयसँगै आम नेपालीको दैनिक खानामा पनि निकै परिवर्तन भइरहेको छ । मोटोपन, मधुमेह, प्रजनन् जस्तो स्वास्थ्यमा समेत हामीले खाने खानाको महत्वपूर्ण भूमिका हुन्छ । यो बीचमा उहाँले अहिले प्रधानमन्त्रीले चर्चा गरेको उपचारबारे पनि चर्चा गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा उहाँ यस्तो लेख्नुहुन्छ ।

‘जडिबुटी भएको तत्व हामीले पनि एक महिना अघिदेखि प्रयोग गर्न थालेका छौं । यी सबै वस्तु भान्छामा सजिलै पाइन्छन् । यी मध्ये कुनै वस्तुमा ‘एलर्जी’ भएका व्यक्तिहरु बाहेक सबैँलाई रोगसँग लड्ने शक्ति बढाउन यी सबैको धुलो खान सकिन्छ भनेर एक दिदीले सिकाएकी हुन् । तर यो खाँदा चाहिँ ‘कोरोना’ लाग्दै नलाग्ने वा ‘छु’ गरेर भाग्दैन । तर रोगसँग लड्ने शक्ति चाहिँ बलियो हुन्छ भनेर सिकाएकी थिइन् । पानीमा हल्का एक चम्चा खाने गरेकी छु । मास्क लगाउनु त पर्छ नै, साबुनले हात धुन त बिर्सन हुँदैन । १–१ पाउ धुलो बेसार , जिरा, धनियाँ सुठो अदुवा, दालचिनी, कालो मरिच, मुङ्ग्रेलो, पिपला, मुलेठी अमलाको, सहजनको धुलो, गुर्जुको धुलो ।’

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु