काठमाडौ । विश्वभरी नै डिजेल भन्दा पेट्रोल नै महंगो हुन्छ । तर कहिलेकाही यस्तो घटना भएको छ । अहिले भारतमा पेट्रोल भन्दा डिजेल महंगो भएको छ । यो इतिहासकै पहिलो घटना हो । विगत दुई हप्ता भन्दा लामो समयदेखि लगातार बढ्दै गएको डिजेलको अहिलेको प्रति लिटर मुल्य भारु ७९ः८८ पैँसा रहेको छ । अर्को तिर पेट्रोलको मुल्य प्रति लीटर भारु ७९ः७६ पैँसा रहेको छ ।

 

अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मुल्य घट्दा पनि भारतमा पेट्रोलियम पर्दाथको मुल्य लगातार बढ्दै गएको हो । यस्को असर नेपालमा के पर्छ त्यो भने भन्न सक्ने अवस्था रहेको छैन । तर अहिलेको अवस्थामा नेपालको भन्दा भारतमा पेट्रोलियम पर्दाथको मुल्य आकाश जमिनको फरक रहेको छ । नेपालमा अहिले पेट्रोल नेरु ९६ रुपैयाँ आसपास रहँदा डिजेल ८५ रुपैयाँ आसपास रहेको छ । लकडाउनका कारण विश्व बजारमा नै तेलको मुल्य कम भएको छ । नेपालले चैत्र १९ गते एकैपटक पेट्रोल, डिजेल र मट्टितेलको मुल्य १० रुपैयाँले घटाएको थियो । नेपालमा पेट्रोल, डिजेल र मट्टितेल भारतमाभन्दा धेरै नै सस्तो छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु