हरिश ढकाल, बुटवल । कोरोना भाईरसको रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि सघाउ पुराउन आग्रह गर्दै सरकारले आव्हान गरेको लकडाउनका कारण उद्योग ब्यबसाय क्षेत्रमा प्रत्यक्ष असर परेकोले लकडाउन अवधीको घरबहाल छुट दिन एक अपिल जारी गर्दै हार्दिक आग्रह गरिएको छ । नेपाल घरबहाल सरोकार संघ रुपन्देहीले कोरोना भाईरसको संक्रमणको रोकथाम, नियन्त्रण र निदानका लागि जारी गरिएको झण्डै ३ महिना लामो लकडाउनका कारण धरासायीको संघारमा पुगेको उद्योग ब्यबसाय क्षेत्रलाई राहत प्रदान गर्न सर्वप्रथम लकडाउन अवधीको घरभाडामा मिनाहा वा भारी छुट हुनुपर्ने माग गरेको छ ।

 

 

यो बिषम परिस्थितीका कारण बिशेषगरि शिक्षा, स्वास्थ्य, रोजगारी, यातायात, उद्योग, ब्यापार, पर्यटन लगाएतका यसको प्रत्यक्ष रुपमा नकारात्मक असर परिरहेको छ भने यसबाट खासगरि गरिखाने मजदुर बर्ग र घरबहालमा बस्नेहरु मर्कामा परेको अपिलमा उल्लेख गरिएको छ । यसैगरि घरबहालमा लिई पसल संचालन गर्नेहरु, होटेल ब्यबसायीहरु, दैनिक ज्याला मजदुरी गर्ने श्रमिक बर्ग ब्यबसाय धरासायी हुनुका साथै रोजगारी समेत गुमेका कारण अत्यन्तै पिडित बन्न पुगेको भन्दै नेपाल घरबहाल सरोकार संघ रुपन्देहीले जारि गरेको अपिलमा बिषम परिस्थितीमा समस्यामा परेका बर्गलाई दैनिक जिवनयापनका लागि आवश्यक सहयोग तथा राहत उपलब्ध गराउन सरकार समक्ष हार्दिक आग्रह गरेको छ ।

 

यसैगरि उद्योग ब्यबसाय बन्द हुँदा समस्यामा परेका उद्योगी ब्यबसायीहरुलाई बैंक ब्याज मिनाह, घरबहाल कर छुट, पानी, बिजुली, टेलिफोनमा छुट लगाएतका राहतका प्याकेज ल्याउन समेत सरकार समक्ष हार्दिक निवेदन गरिएको छ । यस्तो परिस्थितीमा कतिपय घरधनीहरुले स्वतःस्फुर्त रुपमा आफ्नो घर वा सटरमा बहालमा बस्नेहरुलाई राहात पुगोस भनि लकडाउन अवधीभरको घरबहाल मिनाह गर्ने तथा छुटदिने गरेको पाइएको संघले जनाएको छ । यसरी मानविय भावना प्रकट गर्ने घरधनीहरुको भावनालाई सम्मान गर्दै बाँकी सम्पुर्ण घरधनीहरुले पनि कोरोना संक्रमण र संन्त्रासका कारण चहराईरहेको घाउमा मल्हम लगाउन लकडाउन अवधीभरको घरबहालमा मिनाहा वा अधिकतम छुट गर्न हार्दिक अपिल गर्दछौं — जारी अपिलमा उल्लेख गरिएको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु