काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामलाल ज्ञवालीको घुमुवा धिरेन विष्ट पक्राउ परेका छन् । हुण्डी कारोबारको १० लाख रूपैयाँ लुटेको आरोपमा महानगरीय अपराध महाशाखाले प्रहरी हवल्दार धिरेन विष्ट र जवान विक्रम चन्दलाई पक्राउ गरेको हो ।

 

चन्द महाराजगञ्ज स्थित गण नम्बर–२ मा कार्यरत छन् । विष्ट महानगरीय प्रहरी परिसर काठमाडौंको सादा पोशाकमा खटिने प्रहरी हुन् । सादा पोशाकमा काठमाडौंका एसएसपीले आफ्ना विश्वासपात्र लाई मात्र खटाउँछन् । लामो समयदेखि घुमुवाको रुपमा कार्यरत विष्ट र चन्द प्रहरीका हाकिमलाई ‘उठाएर बुझाउने’ प्रहरी कर्मचारीका रुपमा चिनिने गरेको अपराध महाशाखाका एक अधिकृतले जानकारी दिए ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु