काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले जारी गरेको एक बयानलाई लिएर भारतभर हंगामा भएको छ । भारतका चर्चित सञ्चारमाध्यमहरुले शाहलाई प्रयोग गरेर प्रधानमन्त्री केपी शर्मा ओली सरकारको विरोध गरिरहेका छन् । भारतीय मिडियामा पूर्वराजा शाहलाई उद्धृत गर्दै शाहले जनताको समस्या समाधान गर्न अहिलेको सरकारसँग आग्रह गरेका छन् भनिएको छ ।

 

 

बुधबार जारी विज्ञप्तिमा ज्ञानेन्द्र शाहले कोरोनाका पीडित परिवारप्रति समवेदना व्यक्त गरेर बिरामीहरु चाँडै निको भएको हेर्ने चाहना व्यक्त गरेको कुरा पनि समाचरमा उल्लेख गरिएको छ । शाहले अहिलेको चुनौतीमा अवसर रहेको बताउँदै शाहले विभिन्न कारणले घर फर्केका मानिसहरूलाई शिक्षा, व्यवसाय र रोजगारीको व्यवस्था गर्न जोड दिएका छन् भनिएको छ ।

 

 

उनले ओली सरकारमाथि थुप्रै प्रश्न पनि उठाए भन्दै भारतीय मिडियाले धेरै चर्चा गरिरहेका छन् । उद्धृत गर्दै भने, ‘हाम्रो देशभक्ति, स्वतन्त्र प्रतिष्ठा र आत्मसम्मानमाथि किन बारम्बार प्रश्न, शंका र विवाद खडा हुन्छ ? किन जनताको सुरक्षा, स्वास्थ्य र जीविकाप्रति भ्रम, असन्तुष्टि र क्रोध छ ? रोग, महामारी, राष्ट्रिय मुद्दाहरूको संकट, राष्ट्रिय हितको बिरूद्ध सन्धि गर्ने सम्बन्धमा र ह–त्या, हिं–सा र आ–त्मह–त्या जस्ता ज्वलन्त तथा दुःखद मुद्दाहरुमा किन सँधै झगडा हुन्छ ?’

 

शाहले भ्रष्टाचार, लापरवाही र पक्षपात जस्ता मुद्दा पनि उठाए भनेर समाचारमा उल्लेख गरिएको छ । उनले भने, ‘किन हाम्रा होनहार युवाहरू, सबै देशभक्त र स्वतन्त्र नागरिकहरू यस्तो अवस्थामा सडकमा उत्रिरहेका छन् ? यो चिन्ताको विषय हो ।’ नेपालमा अहिले कोरोना रोकथामका लागि सरकारले १० अर्ब खर्च गरेको बताए पनि पार्दशिता नभएको बताउँदै युवाहरु सडकमा निस्केका छन् ।

 

 

समाचारमा पूर्व राजा शाहले यस वर्ष आफ्नो जन्मदिन मनाउने छैनन् भनिएको छ । पूर्व राजा शाहले नेपालले आफ्नो गौरवशाली इतिहासलाई स्वीकार गर्न सक्नु पर्ने बताउनु भएको छ । उहाँले भन्नुभएको छ, ‘राष्ट्रियता नै हाम्रो मुख्य मन्त्रा हो र एकता हाम्रो बल हो । यो ऐतिहासिक धरोहर जोगाउँदै विगतबाट पाठ सिकेर अगाडि बढ्नु हाम्रो राष्ट्रिय कर्तव्य र धर्म हो।’

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु