काठमाडौं । कोरोना भाइरस (कोभिड – १९) को जोखिमका कारण रोकिएको दोस्रो चरणको राष्ट्रिय भिटामिन ए कार्यक्रम यही असार २२ र २३ गते सञ्चालन हुने भएको छ । दोस्रो चरणको भिटामिन ए कार्यक्रम बैशाख ६ र ७ गते रहेकोमा कोरोनाका कारण स्थगित भएको थियो। बालबालिकाहरुमा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यून गर्न नेपालमा राष्ट्रिय भिटामिन ए कार्यक्रम मार्फत ८ देखि १९ महिनाका बालबालिकाहरूलाई भिटामिन ए क्याप्सुल र १ देखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई जुकाको औषधि र ८ देखि २० महिनाका बालबालिकाहरुलाई बहुसुक्ष्म पोषक तत्व बालभिटा कार्यक्रम हुँदै आएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहहरूमा कोभिड़ १९ को जोखिमबाट सुरक्षित रहने उपायहरु अबलम्बन गर्दै भिटामिन ए कार्यक्रम सञ्चालन गर्न सातै प्रदेशलाई निर्देशन दिएको छ। साथै उक्त दिन सहभागी भइ आफ्ना बालबच्चालाई भिटामिन ख्वान देशभरी अभिभावकलाई अपिल गर्दै सूचना जारी गरेको छ । यो सूचना देशभरीका अभिभावकसम्म पुर्याउँन सेयर गरिदिनुहोस् ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

जान्नुहोस् भान्साको काममा साना बच्चालाई खटाउदा हुने फाइदाहरु

काठमाडौ । आमाबुबाले आफ्नो बच्चालाई पढाईमा मात्रै केन्द्रित गर्नुहुन्न उनीहरुलाई जीवन उपयोगी सीपहरु पनि सिकाउनु पर्छ । अहिले हामी बच्चालाई स्मार्ट वा वौद्धिक बनाउने चक्करमा किताबमा मात्र घोकाउँछौं । विद्यालय भन्दा बाहिरको संसार देखाउँदैनौं । जबकी हरेक आमाबुबाले आफ्नो बच्चाको उज्जवल भविष्य चाहन्छन् । आफ्नो बच्चा हरेक कुरामा अब्बल आउन भन्ने चाहना सबै आमाबुबाको हुन्छ । हुन पनि बदलिँदो समयसँगै बच्चाहरु बहुप्रतिभाशाली हुनुपर्ने आवश्यकता हुँदै गएको छ । आफ्नो बच्चा हरेक कुरामा फिट होउन् भनेर आमाबुबाले त्यसै अनुसार उनीहरुलाई तयार गर्नुपर्छ ।

आमाबुबाले बच्चा स्कूल जान लायक भएपछि उनीहरुलाई विभिन्न अतिरिक्त क्रियाकलापमा पनि लगाउनुपर्छ । पढाईलेखाई, खेलकुद, ब्रेन एक्टिभिटी ट्रेनिङको साथसाथै अब बच्चालाई खाना बनाउन पनि सिकाउनुपर्छ । बच्चाहरुलाई खाना बनाउन सिकाउनाको धेरै फाइदाहरु छन् । उनीहरुले खाना बनाउन मात्रै सिक्दैनन् । यसबाट उनीहरुले खानाको महत्व बुझ्छन् र कुन खानामा कस्तो पोषणतत्वहरु पाइन्छ भन्ने बारेमा पनि थाहा पाउँछन् ।

स्वस्थ खाना खान सिकाउनुहोस् : खाना बनाउँदा बनाउँदै बच्चालाई खाना बनाउन प्रयोग भइरहेको सामग्रीहरुको फाइदाहरु र त्यसमा हुने पोषक तत्वहरुको बारेमा कुरा गर्नुहोस् । विस्तारै विस्तारै उनीहरु आँफै फलफूल, सागसब्जी र अरु खानपिनका चीजहरुको बारेमा आँफै सोध्न सुरु गर्नेछन् ।

मद्दत गर्न सिकाउनुहोस् : खाना पकाउँदा यदि तपाईको नजिकै बच्चा छन् भने उनीहरुसँग सानो सानो सहयोग लिन सुरुवात गर्नुहोस् । जस्तोः फ्रिजबाट सागसब्जी निकाल्न वा पानि सारिदिन लगाउन सक्नुहुन्छ । यसले बच्चामा नयाँ नयाँ चीजको बारेमा जान्ने जिज्ञासा हुन्छ । त्यस्तै जब उनीहरु कुकिङको यी सबै कुराहरुलाई नजिकैबाट देख्छन् यसले उनीहरुलाई कुन खानेकुरा कसरी बनाइन्छ भन्ने बारेमा पनि सिक्न चाहन्छन् ।

सबैखाले खानेकुरा खान सिकाउनुहोस् : धेरैजसो आमाबुबाको एउटै गुनासो हुन्छ कि उनीहरुको बच्चा सबै खालको सागसब्जी वा खाना खाँदैनन् । यो यसकारणले पनि हुन सक्छ कि खानपानको धेरै जसो चीजहरु या त बच्चाले कहिलेकाँही देख्छन वा पहिलोपटक देख्दैछन् । त्यस्तै केही सागसब्जी उनीहरुलाई मन पर्दैन तर तपाईंले उनीहरुलाई गाली गर्नको सट्टा माया गरेर खान लगाउनुपर्छ । त्यस्तै तपाईंले दैनिक खाना बनाउँदा बच्चाहरुसँग खानपिनको चीजहरुको बारेमा कुरा गर्नुभएमा उनीहरु ती चीजलाई चाख्न चाहन्छन् ।

बच्चासँग घुलमिल हुनुहोस् : बच्चासँग घुलमिल हुन र उनीहरुको सोखको बारेमा जान्नको लागि किचनभन्दा राम्रो अर्को ठाँउ हुँदैन । बच्चा चञ्चल हुन्छन् त्यसैले अरुबेलामा उनीहरुलाई अगाडि राखेर आफ्नो कुरा भन्न र सुनाउन थोरै मुस्किल हुन्छ । यस्तोमा किचनमा हुने फरकफरक कुकिङ एक्टिभिटीहरुले उनीहरुलाई तपाईं तर्फ आकषिर्त गर्छ र उनीहरु केही समय त्यहाँ बिताउन चाहन्छन् । त्यसैले उनीहरुसँग कुराकानी गर्दै घुलमिल हुने उपयुक्त समय यहि हो ।

आत्मनिर्भर बनाउनुहोस् : करियर बनाउनको लागि धेरैजसो बच्चालाई किशोरावस्था मै घरबाहिर होस्टल वा छुट्टै कोठामा रहेर पढ्नुपर्छ । यस्तो स्थितीमा तपाईंले सिकाउनुभएको खाना बनाउने सीप बच्चालाई सबैभन्दा धेरै काम आउँछ । उनीहरु मनपर्ने खाना वा स्वस्थ खानाको लागि कसैमा निर्भर नभई आँफै खाना बनाउनको लागि तयार हुन्छन् । बच्चाको उमेरअनुसार उनीहरुलाई सजिला परिकारहरु पनि बनाउन सिकाउनुहोस् ताकी उनीहरु पनि स्वस्थ खाना सुखी जीवनशैलीको सही अर्थ बुझ्न सकोस् ।

रेसादार खानेकुरा र बच्चाको स्वास्थ्य : जनै पूणिर्मा र रक्षा बन्धन जस्ता दुई ठूला पर्व हामी मनाउछौ। यी दुबै पर्व एकै दिन मनाइन्छ । यी दुबै पर्वको एउटा सामुहिक विशेषता छ, उक्त दिन हामी क्वाँटीलाई खान्छौं । त्यसै पनि यो बर्खाको बेला झोलयुक्त खानेकुरा खाइन्छ, क्वाँटी भन्ने बित्तिकै हामी गेडागेडीको झोल नै सम्झन्छौं । यद्यपि, क्वाटी अर्थात गेडागुडीको झोल खानलाई कुनै चाडपर्व नै पर्खनु पर्छ भन्ने छैन । रेशादार खाद्य पदार्थको रुपमा समेत चिनिने गेडागुडी हामी हरेक मौसम र अवसरमा खान सक्छौं । यहाँ हामी गेडागुडी अर्थात रेशादार खानेकुरा वयष्कहरुलाई मात्र नभइ, बालबालिकाहरुलाई पनि कत्तिको महत्वपूर्ण छ भन्ने कुरामा चर्चा गर्दैछौं ।

चिकित्सकहरूका अनुसार स९साना बालबालिकाहरुलाई पनि ठूला मान्छेहरु झैं रेशायुक्त खाना उत्तिकै आवश्यक पर्छ । त्यस्ता खानेकुराले उनीहरुलाई फाइदा पुर्‍याउँछ । बाल रोग विशेषज्ञहरुका अनुसार कुनै पनि शिशु एक वर्षको हुने बित्तिकैदेखि रेशादार खानेकुरा खान दिन सकिन्छ । जसरी बालबालिकाहरुको तौल, उचाइ र उमेर बढेसँगै उनीहरुलाई धेरै क्यालोरीको आवश्यकता पर्दछ, त्यसैगरी उनीहरुलाई उचितमात्रामा रेशादार खानेकुरा प्रदान गर्नु आवश्यक हुन्छ । अझ बढ्दो उमेरका बालबालिकाहरुका लागि त यो खानेकुरा अनिवार्य नै छ भन्दा फरक पर्दैन । बालबालिकाहरुलाई सानै उमेरदेखि रेशादार खानेकुरा ख्वाउन थालियो भने उनीहरु कब्जियतको शिकार हुनबाट जोगिन्छन् ।

फाइदै फाइदा

रेशादार खानेकुराका फाइदाहरु प्रसस्त छन् । रेशादार खाना खाँदा हाम्रो पेट प्राकृतिक रुपले नै सफा हुन्छ । ठूला मान्छेलाई नै यसले कब्जियतबाट जोगाउँछ भने बालबालिकालाई त यो राम्रो डाइट नै हुन्छ । त्यसो त कब्जियतबाट बालबालिकाहरु पनि पीडित हुन्छन्, उनीहरुले रेशादार खानेकुरा खाए भने त्यो समस्याबाट छुटकारा पाउँछन् । त्यसैले बालबालिकाहरुको खानामा रेशादार खानेकुरालाई समावेश गर्नैपर्छ । यस्ता खानेकुराले उनीहरुको मोटोपनालाई नियन्त्रण गर्न समेत सहज हुन्छ । हामीले प्रत्येक दिन खाने खानामा रेशायुक्त खानेकुरा समावेश छैन भने त्यसले बढ्दो उमेरका बालबालिकाको शारीरिक विकासमा समेत नकारात्मक प्रभाव पार्न सक्छ । रेशादार खानेकुरामा क्यालोरी, भिटामिन, खनिज जस्ता तत्व नभए पनि यो बालबालिकादेखि वयष्कसम्मलाई उत्तिकै उपयोगी छ ।

रेशादार खानेकुराले हाम्रो पाचन प्रकृयालाई पनि स्वस्थ राख्न सहयोग पुर्‍याउँछ । हाम्रो पेटमा हुने आन्द्रालाई प्राकृतिक रुपले नै काम गर्नलाई यो खानेकुराले सहयोग गरिरहेको हुन्छ । त्यसैले यो खानेुकुराको नियमित सेवनले आन्द्रासँग सम्बन्धित समस्या नै उत्पन्न हुँदैन । त्यति मात्र होइन, रेशादार खानाले हाम्रो शरीरको ब्लड सुगरको लेभललाई पनि स्थिर बनाइराख्छ । रगतमा हुने ग्लूकोजको मात्रालाई यसले नियन्त्रण गर्ने खुबी राख्दछ । रेशादार खानेकुराबाट शरीरले आवश्यक पोषण प्राप्त गर्दछ, जसबाट शरीरलाई इनर्जी पनि प्रँप्त हुन्छ । यो खानेकुराले कोलेस्ट्रोललाई समेत नियन्त्रण गर्दछ । जसका कारण हाम्रो मुटु सुरक्षित हुन्छ । मुटु सम्बन्धि रोग लाग्ने सम्भावना न्यून हुन्छ । चिकित्सकहरुका अनुसार रेशादार खाना एक प्रकारको कार्बोहाइड्रेट हो, जुन रुख९बिरुवामा पाइन्छ । स्वास्थ सम्बन्धि अध्ययनहरुका अनुसार रेशादार खानाले मधुमेयलाई समेत कम गर्न सहयोग पुर्‍याउँछ । रेशादार खानाको नियमित सेवनले क्यान्सरबाट समेत जोगिन सकिने चिकित्सकहरुको भनाइ छ ।

कुन उमेरदेखि खाने रु कति खाने ?

रेशादार खानेकुराले शरीरलाई राम्रो गर्छ भन्दैमा एकै पटकमा धेरै मात्रामा खानु पनि हुँदैन । एकैपटक धेरै खाएमा अपच हुने निश्चित छ । अझ बालबालिकाहरुलाई त आवश्यकता भन्दा बढि रेशादार खानेकुरा दिनै हुँदैन । रेशादार खानामात्र खाइरहँदा शरीरलाई आवश्यक खनिज तत्वको अभाव हुनसक्छ । रेशायुक्त खानाको मात्र बढाइयो भने यसले नकारात्मक प्रभाव पार्न सक्छ । जस्तै पेटमा ग्यास बढ्ने, पेट फुल्ने, कब्जियत हुने जस्ता समस्या देखा पर्न सक्छ । त्यसैले रेशादार खाना खाँदा थोरै, बिस्तारै तथा मात्रा मिलाएर खानु उचित हुन्छ ।

बालबालिकाहरुलाई त धेरै मात्रामा रेशादार खाना दिन थालियो भने उनीहरुको भेट भरिएको अनुभव गर्छन् । जसबाट उनीहरुको शरीरमा अन्य पोषक तत्वहरु जानै पाउँदैन । बालबालिकाहरुलाई रेशायुक्त खानेकुराको साथमा पानी पनि प्रसस्त पिलाउनु पर्छ । यद्यपि, धेरै पानी पिइयो भने डाइरिया हुन सक्छ भने थोरै पानी पिइयो भने कब्जियत समेत हुनसक्छ । त्यसैले पानी पनि ठिक्क मात्रामा पिउनु पर्छ । नोटस् माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र९पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

सम्बन्धित खबरहरु