काठमाडौ । पैसा कमाउन कसलाई पो मन हुन्न र ? तन्न पैसा कामाउन चाहानेका लागि आज हामीले विशेष तरिका लिएर आएका छौ । बिहान उठेपछि क्रमशः यसो गर्नुभयो भने तपाईंलाई धनलाभ लगायतका फाइदा हुन्छन् । बिहान निद्रा खुल्नेबित्तिकै इष्टदेवताको स्मरण गर्नुपर्छ ।

 

अनि हत्केलामा हेरेर औंलाको टुप्पोमा लक्ष्मी, हत्केलाको मध्यमा सरस्वती र मणिबन्धमा ब्रह्मालाई सम्झेर प्रणाम गर्नुपर्छ । ओछ्यानबाट झर्नुअघि तत्कालै दाहिने हत्केलाले पृथ्वीलाई स्पर्श गरेर प्रणाम गर्नुस् । त्यसपछि म-लमू-त्र विसर्जन गर्नुस् । म-लमू-त्रको वेगलाई रोकिराख्नु हुँदैन । शरीरबाट यिनीहरूलाई जतिसक्दो छिटो निकल्नुपर्छ । सूर्योदयभन्दा अघि नै उठ्नुस् । निद्रा पूरा भएको छैन भने पछि पूरा गर्नुस् । राति सुत्न पाउनुभएन भने त्यसको आधी समय दिउँसो सुत्ने अनुमति शास्त्रले दिन्छ । दिनमा तीन घन्टा सुत्नुभयो भने पनि रातिको थकान मेटिन्छ ।

 

 

 

बिहानै ब्रह्ममुहूर्तमा उठ्ने मानिसले ईश्वरीय शक्ति, अपूर्व मेधा र ब्रह्मज्ञान हासिल गर्छ । ब्रह्ममुहूर्तमा उठेर धर्म तथा अर्थको चिन्तन गर्ने मानिसले अक्षय धर्म र बेस्सरी सम्पत्ति जोड्न सक्छ । सूर्य सधैं समयमा उदाउँछ । सूर्यको जस्तो शक्ति चाहिएमा बाल सूर्यको पूजन र प्रणाम आवश्यक हुन्छ ।

 

त्यसैले समयअगावै जाग्नुपर्छ । समयमै सुत्ने मानिस नै समयमा उठ्न सक्छ । व्यक्तिभित्र रहेको चेतन घडीले उसलाई समयमा उठाइदिन्छ । सुत्नुअघि शुभसंकल्प गर्नुस्, ‘हे प्रभु, मलाई ब्रह्ममुहूर्तमा उठाइदिनुस् ।’ यसो गर्दा सूर्योदयअघि नै निद्रा खुल्छ । पञ्जाब केसरीबाट

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु