रुकुम । जेठ १० गते रुकुम पश्चिमको चौरजहारीमा नवराज विकसहित ६ जनाको ज्यान जाने गरी भएको घटना सम्बन्धी मुद्दाको धरौटी तिर्न नसकेपछि किशोरीकी आमा कारागार चलान भएकी छन्। उनलाई रुकुम जिल्ला अदालतले बुधबार एक लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो। धरौटी रकम तिर्न नसकेपछि अन्य २३ प्रतिवादीसँगै उनलाई पनि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी ठगबहादुर केसीले जानकारी दिए।

 

 

अदालतले चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २३ अभियुक्तलाई भने पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको थियो। अदालतको आदेशपछि प्रहरीले हिरासतमा रहेका र जेल चलान गर्न आदेश दिएकालाई राति नै जिल्ला कारागार चलान गरिएको थियो। यसअघिको आदेशमा दुईजना नाबालक (नवराजकी प्रेमिका भनिएकी किशोरी र अन्य एक जना आफन्त) लाई पुर्पक्षका लागि सुधारगृहमा पठाउने भनेको थियो।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु