काठमाडौ । सवारी साधनको लाइसेन्सको ब्यवस्था परिवर्तन भएको छ । अब निजी सवारी साधनको लाइसेन्स बाहकले सार्वजनिक सवारीसाधन चलाउन नपाउने भएका छन् । प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बिहिबार बसेको बैठकले निजी सवारी साधनको लाइसेन्स बाहकले सार्वजनिक सवारीसाधन चलाउन नपाउने गरी व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो ।

 

निजी सवारी साधनको लाइसेन्सवाहकले सार्वजनिक सवारीसाधन चलाउँदा दुर्घटना बढी भएकोले दुई प्रकारका लाइसेन्सको व्यवस्था गर्नुपर्ने निश्कर्ष सहित समितिले यस्तो निर्देशन दिएको हो । समितिका सभापती कल्याणी खड्काले फरक मापदण्ड तयार गरी कार्यान्वयन गर्न यातायात व्यवस्था विभागलाई निर्देशन दिइन् ।

 

यसअघि समितको बैठकमा सांसदहरुले दुई प्रकारका लाइसेन्सको व्यवस्था गर्न माग गरेका थिए । बैठकमा समितिकी सभापती खड्काले कोरोनाका कारण सार्वजनिक यातायातमा भएको लगानी डुब्ने अवस्था आएकाले व्यवसायीको लगानीमा कर सहुलियत प्रदान गर्न, बैंक ऋणको व्याजमा पुनर्तालिकीकरण गर्न तथा सवारी मर्मतका लागि सहुलियत दरमा पुर्नकर्जा प्रदान गर्ने व्यवस्था यथाशीघ्र मिलाउन समेत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन समेत दिइन् । त्यस्तै, समितिले कोरोनाको संक्रमणको वर्तमान अवस्थामा सार्वजनिक यातायात संचालनको ठोस योजना बनाई कार्यान्वयन गर्न र उक्त कार्यायोजना समितिलाई उपलव्ध गराउन समेत निर्देशन दिएको छ ।

 

 

त्यसैगरी समितिले नीतिगत स्थिरता कायम गर्न तीनै तहका सरकारले समन्वय गरी राष्ट्रिय नीति निमार्ण गर्ने वातावरण बनाउन पनि निर्देशन दिएको छ । भारतीय सवारी साधनको निर्वाध आवतजात र प्रयोगलाई नियमन गर्न निर्देशन दिँदै समितिले स्मार्ट लाइसेन्स, इम्बोस्ड नम्बर प्लेट, जिपीएस ट्यापिङ लगातका नयाँ ब्यवस्थालाई एकीकृत सूचना प्रणालीमा जोडेर नियमन तथा व्यवस्थापन गर्न पनि भनेको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु