काठमाडौ । गत असार १० गते अपरान्ह ३ः१५ बजे काठमाडौंको कलंकी निवासी ३१ बर्षिय महिला (श्रीमती मेरिना हमाल) नर्भिकको प्रसूति तथा स्त्रीरोग विभागको बहिरङ्ग कक्षमा उपस्थित भइन् । ३७ हप्ता पार गरिसकेको आफ्नो गर्भको शिशुलाई सुरक्षितपूर्वक जन्म दिनु नै हस्पिटल आउनुको उनको एक मात्र अभिप्राय थियो । शारिरीक रोगका हिसावले न त उनमा मधुमेह थियो, न त उच्च रक्तचाप, न त गम्भिर श्वास–प्रश्वास रोग, न त हाइपोथाइराडिजम् (थाइराइड ग्रन्थी कम सक्रिय भई कम थाइराइड हर्मोन उत्पादन गर्दा मोटोपन हुनसक्छ) नै ।

 

उनको तौल १६८ के.जी. र शारिरीक बनावट हेर्दा लाग्थ्यो उनको उपचार त कठिन थियो नै, साथ साथै गर्भाधान प्रक्रिया समेत जटिल हुनुपथ्र्यो । निजलाई हिजै अर्थात् असार ११ गते बिहान ११ः०० बजे नर्भिककी बरिष्ठ प्रसूति तथा बाँझोपन, टेष्टट्युब बेबी विशेषज्ञ र ल्यापारोस्कोपिक सर्जन डा. नुतन शर्माको टीमले शल्यक्रिया गरी स्वस्थ शिशु प्रदान गरेकी थिइन् । श्रीमती हमालले २.९५ के.जी. तौल भएकी स्वस्थ छोरी पाएकी थिइन् ।

 

 

सामान्यतया यति ठूलो तौल र शारिरीक बनोट भएका महिलाको शल्यक्रियात्मक प्रसूति गराउनु आपैmमा कठिन प्रायः मानिन्छ र सम्भवत यस्तो असाधारण तौल भएकी महिलाको शल्यक्रियात्मक प्रसूति नेपालमै पहिलो हुनुपर्छ । हाल नवजात शिशु र आमा दुवै स्वास्थ्य सामान्य अवस्थामा छन् ।

 

यस घटनाले एकातिर केवल मोटोपन मात्रै गर्भाधानको वाधक हुन सक्दैन भनेर प्रमाणित गर्दछ भने अर्कोतर्पm जस्तोसुकै जटिलतालाई पनि प्रविधि र दक्षताले पार लगाउन सकिन्छ भन्ने पनि सिद्ध गर्दछ । यस्ताखाले जटिल र जोखिमयुक्त प्रसूति गराउँदै सफलता प्राप्त गर्ने डा. नुतनलाई बधाई ज्ञापन गर्दै नवजात शिशु र आमालाई नर्भिकले स्वास्थ्यलाभको कामना गरेको छ । डा. नुतन शर्मा जटिल र जोखिमयुक्त प्रसूति सेवाका अतिरिक्त बाँझोपन तथा टेष्टट्युब बेबीका लागि राम्रो ख्याति प्राप्त गरिसकेकी विशेषज्ञ हुन् । अहिले उनलाई साक्षत भगवान भन्दै संसारभरी प्रसंशाको ओइरो लागेको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु