काठमाडौ । हप्ताभरी हरेक दिन हरेक भगवानको विशेष दिन हुन्छ । शनिबार भगवान शनिदेवको दिन हो । शनिबार शनिदेवको पूजा आराधना गरी ग्रह दशा हटाउने दिन पनि हो । दशा हटाउनको लागि मानिसहरु एकाबिहानै नुवाईधुवाई गरेर विभिन्न मठ मन्दिर जाने गर्छन् । यसैबिच काठमाडौंको न्यूरोडमा रहेको संकटा मन्दिरमा निकै भिड लाग्ने गर्छ ।

धार्मिक ग्रन्थहरुमा शनिबारलाई विशेष दिनको रुपमा मान्ने गरिएको छ । त्यसैले पनि यसदिन पुजापाठ बढी गरीन्छ । बिहानै पिपलको बोटमा पानी चढाउनेहरु पनि उत्तिकै हुन्छन् । ब्रमाण्डका नौ ग्रहहरूमा, शनिलाई न्यायाधीश मानिन्छ । त्यसैले उनको पुजा आराधना गर्नाले मनमा शान्ति परिवारमा सुख तथा काममा सफलता मिल्छ ।

 

के हो साढे सात दशा ?

ज्योतिषका अनुसार साढे सात दशाले ठुलो अनिष्ठ निम्त्याउँछ । मानिसको मृत्युसम्मै हुनसक्ने दशा हो, साढेसाती । शनिको दशा र बक्र दृस्टी जसमा पर्छ उनीहरुले शारीरिक समस्या, मानसिक कष्ट, आर्थिक कष्ट, र रोग आदि लगायतको समस्याहरु झेल्नु पर्छ । शनि ग्रहलाई न्याय र कर्मफलको कारक ग्रहको रुपमा चिन्ने गरिन्छ। अपवादका रुपमा मात्रै मानिसलाई साढे सात दशाले लाभ गर्छ । नत्र तपाईको दशाले पुरै परिवार अनिष्ट गर्छ साढेसातीले । शनिको साढे सातको दशा कुण्डलीको अध्ययन गरेर मात्रै थाहा हुन्छ । ज्योतिषको अनुसार शनि ग्रहको साढे सातको दशा ७ वर्षसम्म चल्छ ।

तर नआत्तिनुहोस् तर शनिदेवलाई खुशी पारेर तपाईले आफ्नो जीवनमा नयाँ उर्जा ल्याउन सक्नुहुन्छ । शनिको साढे सात दशाको दोष निवारण गर्न पनि सकिन्छ । त्यसैले आजैदेखि यी कार्य गर्नुहोस् ।

  • शनिबार पारेर फलामका सामाग्री शनिदेवको मन्दिरमा चढाउनुपर्छ ।
  • हरेक शनिबार शनिको पुजा गर्नुहोस्पि
  • पलको बोटमा पनि विशेष पूजा गर्नुहोस् ।
  • खुर्सानीमा पानी छर्कनु पनि राम्रो मानिन्छ ।
  • शनिबार कालो तिल दान गर्नुहोस्।
  • ज्योतिष शास्त्रका अनुसार छालाका जुत्ता र चप्पल पनि दान गर्दा शुभ मानिन्छ।
  • हरेक हप्तामा शमीको रूखलाई पनि पूजा गर्नुहोस्।
  • हर शनिबार हनुमानको सामुन्ने सर्सुको तेलको दीप बाल्नुहोस् ।
  • नुवाईधुवाई गरी हनुमान चालीसाको पाठ गर्नुहोस् ।

साढे साती दशाले राशिअनुसार फरकफरक असर देखाउछ ।

  • जान्नुहोस् कुन राशिमा के असर पार्छ ?
  • मेष राशिमा शनिको साढे सातको समस्या देखा परेमा कामको तनाव र चिन्ता बढि हुने भएकाले कुनै पनि निर्णय हतारमा नलिनू ।
  • वृष राशिमा शनिको साढे सातको समस्या देखा परेमा कुनै कुराको थालनी पूर्व आफन्त वा विश्वासी नाताका मानिससंग सल्लाह लिनू ।
  • मिथुन राशिमा शनिको साढे सातको समस्या देखा परेमा आर्थिक विषयमा सोचविचार गर्नू ।
  • कर्कट राशिमा शनिको साढे सातको समस्या देखा परेमा जान्नेबुझ्ने जानकार व्यक्तिसँग परामर्श गरेर अघि बढ्नू ।
  • सिंह राशिमा शनिको साढे सातको समस्या देखा परेमा कुनै पनि सवारी साधन प्रयोग गर्दा होस पुर्याउनू ।
  • कन्या राशिमा शनिको साढे सातको समस्या देखा परेमा नहतारीकन सुझबुझका साथ काम गर्नू
  • तुला राशिमा शनिको साढे सातको समस्या देखा परेमा प्राप्त भएको धन समेत हातबाट फुत्कने भएकोले ख्याल पुर्याउनू ।
  • वृश्चिकमा शनिको साढे सातको समस्या देखा परेमा अपजस तथा अवरोध खेप्नुपर्ने भएकोले होसीयारी हुनू ।
  • धनु राशिमा शनिको साढे सातको समस्या देखा परेमा मेहनत अनुसारको फल पाउन सकिन्न । शंका गर्नेहरु बढ्छन् । बेचैनी बढ्छ । विवाद झेल्नुपर्छ । सचेत हुनू ।
  • मकर राशिमा साढे सातको समस्या देखा परेमा ठुलो निर्णय लिनु चुक्नुहुनेहुँदा सुझाव लिएर काम गर्नू
  • कुम्भ राशिमा साढे सातको समस्या देखा परेमा खुट्टा तान्नेहरु सक्रिय हुने भएकोले शनिलाई प्रसन्न गराउर्नू
  • मीन राशिमा साढे सातको समस्या देखा परेमा भाग्य अनुकूलता नभएमा जस्तो मेहनत गरेमा पनि बनेको काम फूत्कन्छ ।

 

शान्त रहन हरेक शनिबार तेल दान गर्नुपर्छ।

सकारात्मक सोँच र सबैको भलो चिताउँदा तपाईको प्रगति हुन्छ ।

सम्बन्धित खबरहरु