काठमाडौ । हरेक मान्छेको वर्षमा एकदिन जन्मदिन पर्छ । प्राय सबैले कुनै न कुनै माध्यमबाट जन्मदिन अर्थात् बर्थडे सेलिब्रेसन गर्छन् । कसैले तिथिको आधारमा जन्मदिन मनाउँछन्, त कसैले तारिखको आधारमा त कसैले जन्ममिति अर्थात् गतेको आधारमा जन्मदिन मनाइरहेका हुन्छौं । जन्मदिन खास तिथि अनुसार मनाउनु राम्रो मानिन्छ । जन्मदिन मनाउँदै गर्दा केहि गर्न हुने काम पनि छन् र केहि गर्न नहुने काम पनि छन् । जुन कतिलाई थाहा हुन पनि सक्छ र कतिलाई थाहा नहुन पनि सक्छ ।

 

 

हामी आज जन्मदिको दिन के गर्नु हुन्छ र के गर्नु हुँदैन भन्नेबारे केहि जानकारी दिन गइरहेका छौं । जन्मदिनको दिन हामी इष्टमित्र, साथीभाई बोलाएर खुसियाली आदानप्रदान गर्छौं । पार्टी गर्छौं । तर त्यसबखत् हामीले गर्ने नहुने काम पनि गरिरहेका हुन्छौं । केहि कामहरु छन् जुन तपाईले जन्मदिको बेला भुलेर पनि गर्नुहुँदैन । यस्ता कामहरु जुन गर्दा तपाइले जीवनमा धेरै कष्ट व्यहोर्नुपर्ने हुन्छ ।
यी कामहरु आफ्नो जन्मदिनमा भुलेर पनि नगर्नुहोस् :

 

१, नङ काट्ने, कपाल काट्ने, तेल मालिस गर्ने : आफ्नो जन्मदिनको दिनमा नङ काट्ने, कपाल काट्ने, तेल मालिस गर्ने जस्ता कामहरु गर्नु हुँदैन । आफ्नो जन्मदिनको दिन यस्तो काम गर्नु भनेको आयु क्षीण हुनु हो । कपाल काट्ने, तेल मालिस गर्ने गर्नु भनेको जीवनमा रोग, ब्याध र कष्ट पर्नु हो ।

 

२, ह''त्या हिं''सा गर्नु हुँदैन : जन्मदिनको दिन भुलेर पनि गर्नै नहुने काम भनेको ह''त्या हिं''सा हो । विशेषत: जन्मदिनको सेलिब्रेसन गर्ने नाममा पशु चौपायाको ह''त्या गर्ने, मा''सु खाने, आफन्त साथीभाई बोलाएर भोज लगाउने प्रचलन नै छ । तर यो सबैभन्दा ठुलो भुल हो । जतिसुकै पुजा पाठ गर्नुस् धर्मकर्म गर्नुस् यदि जन्मदिनको दिन पशु चौपायको ह'''त्या गर्नुभयो भने जिवनमा ठुलो उन्नतिको अपेक्षा राख्दै नराख्नुस् । जिवनमा धेरै उतारचढाव आइलाग्छ । हुन त पशु चौपायाको ह''त्या गर्नु पा''प नै हो तर जन्मदिनको दिनमा चाही भुलेर पनि यो गल्ति नगर्नुहोस् ।

 

३, मांसाहारी भोजन नगर्ने : जन्मदिनको दिन तामसी र राजसी भोजन (माछा, मासु, अण्डा, वि''यर र र''क्सि) सेवन गर्नु हुँदैन । माछा, मासु र म''दिरा जस्ता चिजहरुले कुण्डलीमा शनि दशा बिग्रदैं जान्छ । शनि ग्रह बिग्रंदै जानु भनेको तपाइको भाग्य बिग्रंदै जानु हो । त्यसैले आफ्नो जन्मदिनको दिन यस्तो गल्ति नगर्नुहोस् ।

४, तितो बचन नगर्नुस् : जन्मदिनको दिन कसैलाई पनि तितो बचन नगर्नुस् । जन्मदिनको दिन सबैलाई खुसि बनाउने प्रयास गर्नुस् । कससँग पनि बादविवाद र झगडा नगर्नुस् । सुमधुर बोल्ने प्रयत्न गर्नुस् । सकेसम्म त सधै नै सुमुधुर बचन गर्नु राम्रो हुन्छ तर जन्मदिनको दिन विशेषत सबैलाई हँसाउने प्रयत्न गर्नुहोस् ।

 

यी काम गर्नुहोस
दान गर्नुस् : जन्मदिनको दिन गरिब दुखीको सेवा गर्नुस् । दान गर्नुहोस् । ह''त्या हिं''सा गर्नु भन्दा नि गरिब दुखीको सेवा गर्नतिर लाग्नुस् । तपाइ जन्मदिन भनेर १०० जना आफन्त बोलाएर खुवानु भन्दा तिनलाई एक छाक भएपनि खुवानुहोस् जो भोका छन् ।
पुजा पाठ गर्नुहोस् : जन्मदिनको दिन पुजा पाठ र नव ग्रह शान्ति गराउनुहोस् ।
खुशियाली बाढ्नुहोस् : परिवार साथीभाई इष्टमित्र र समाज सबैसंग खुशियाली बाढ्नुहोस् ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु