काठमाडौं । नेपाल सरकारका पूर्वसचिव अर्जुन कार्कीकी ४९ वर्षीया पत्नी मुना कार्कीको ह  त्या सम्बन्धमा साढे चार महिनापछि प्रहरीले अन्तिम निष्कर्ष निकाल्दै असुन्धानलाई बन्द गरेको छ । ललितपुरको सानेपास्थित आफ्नै निवासमा २०७६ माघ २७ गते बिहान करिब साढे ११ बजेर पूर्वसचिव कार्कीकी श्रीमती मुना अ चेत अवस्थामा आफनै भेटिएकी थिइन् ।

 

 

त्यसपछि उनलाई सानेपास्थित स्टार अस्पतालमा लगिए पनि चिकित्सकले मृत घोषित गरेको थियो । साथै कार्कीको घरमा काम गर्ने विजय चौधरी पनि झु ण्डिएको अ वस्थामा मृत फेला परेका थिए । साढे चार महिना लगाएर महानगरीय प्रहरी परिसर ललितपुरले गरेको अनुसन्धानले मुनाको ह  त्यामा चौधरीको संलग्नता देखिएको निष्कर्ष निकाल्दै अनुसन्धान बन्द गरेको छ ।

 

प्रहरीको अनुसन्धानले मुनाको ह त्यामा चौधरी बाहेक तेस्रो पक्ष संलग्न भएको नदेखिएको निष्कर्ष निकालेको हो । प्रहरीले मुना र चौधरी दुवैको मोबाइललाई फरेन्सिक ल्याबमार्फत अनुसन्धान गर्दा पनि तेस्रो पक्षमाथि शंका गर्दै अनुसन्धान बढाउनु पर्ने आवश्यकता नदेखेको हो ।

 

भिडियोलगायत अन्य प्रमाण हेर्दा मुनाको ह  त्या चौधरीले गरेको देखिएको र पो स्टमा र्टमा रिपोर्टमा चौधरीले आफ्नो घाँ टीमा पा सो लगाएको देखिएको प्रहरीको भनाइ छ । तर, के कारणले चौधरीले मुनाको ह त्या गरेको भन्नेमा प्रहरीले कुनै निष्कर्ष निकाल्न सकेको छैन । मुनाको ह त्याको कारण चौधरीले आ  त्मह त्या गरेसँगै रहस्यको गर्भमै म रेको प्रहरीको निष्कर्ष छ ।

 

अर्जुन र मुनासहित उनका परिवारले निकै माया चौधरीलाई गर्ने गरेको र चौधरीले पनि उनीहरुलाई पनि उत्तिकै माया गर्ने गरेको अनुसन्धान देखिएको प्रहरी स्रोतको भनाइ छ । तर, सो घटनाको कारण भने प्रहरी अनुसन्धानमा पनि खुल्न सकेन ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु