कोरोना भाइरसबिरुद्ध लड्न डब्लूएचओले दियो ५ उपाय


काठमाडौ । कोरानो भइरस (कोभिड–१९) ले विश्व आक्रान्त छ । संसारभर महामारी फैलिरहँदा यसबाट बच्न अनेकौं उपायको खोजीहरु भइरहेका छन् । मानिसहरुको जनजीवन अस्तव्यस्त भएका छन् । मानव जीवनकै अस्तित्व संकटमा पार्न खोजिरहेको यस भाइरबाट बच्न डब्लूएचओले व्यक्तिगत तवरबाट गर्न सकिने केही सुझाव दिएको छ । विश्व स्वास्थ्य संगठनले शुक्रबार राती गरेको नियमित पत्रकार सम्मेलनमा कोभिड विरुद्ध व्यक्तिले कसरी लड्ने भनेर विभिन्न ५ टिप्स दिएको छ । डव्लुएचओका प्रमुख डा अधानोम टेड्रोसले भनेका ५ उपाय यस्ता छन् ।

 

 

१, स्वस्थ र पौष्टिक आहार खानुहोस्। जसले तपाईँको रोग प्रतिरक्षा प्रणालीलाई ठीकसंग कार्य गर्न सहयोग गर्दछ ।

२, मदि’राज्य पदार्थको सेवनलाई सीमितमा राख्नुहोस् । गुलिया पेय पदार्थहरु नलिनुहोस् ।

३, धूम्रपान नगर्नुहोस् । यदि तपाईँ कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनु भयो भने धूम्रपानले गम्भीर रोगको जोखिम बढाउन् सक्छ ।

४, शारीरिक व्यायम गर्नुहोस् । विश्व स्वास्थ्य संगठनको मापदण्डले भने झैँ बयस्कहरुले दैनिक कम्तिमा ३० मिनेट र बच्चाहरुलाई दैनिक १ घण्टा शारीरिक व्यायम गर्न गराउनुहोस् ।

यदि तपाईँलाई यो बेला नियमक निकायले अनुमति दिएको छ भने बाहिर पैदल यात्रा गर्नुहोस, दौडनु होस, सवारीमा समेत जानुहोस तर अरुसंगको दूरी राख्नुहोस ।

यदि तपाईँ घरभित्रै लकडाउन अर्थात बाहिर निस्कन सक्ने अवस्था छैन् भने व्यायम गर्नुहोस्, नाच्नुहोस्। योगा गर्नुहोस् ।

घरमै बस्नु भएको छ काम गरिराख्नु भएको छ भने लामो समय एउटै आसनमा नरहनुहोस् । तपाईँले कम्तिमा हरेक ३० मिनेटमा ब्रेक लिनुहोस् । घरमा कसरी स्वस्थ रहेर बस्ने भन्ने बारेमा हामी आउने दिनमा पनि सल्लाह दिनेछौँ ।

५, तपाँईको मानसिक स्वास्थ्यमा ख्याल गर्नुहोस् । यो संकटको बेला तनाव अलमल र डराउनु सामान्य कुरा हो ।

यस्तो बेलामा तपाईँले आफ्ना चिनजान र विश्वासिला व्यक्तिसंग कुरा गर्नुहोस् । संगीत सुन्नुहोस, किताब पढनुहोस् अथवा गेम खेल्नुहोस् ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने : सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन : सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर : सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ । अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या :  यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु : मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिविले लियो पढाइ शुरु गर्ने निर्णय, यसरी अनलाइन कक्षामा सहभागी हुन विद्यार्थीलाई अपिल [सूचनासहित]
भर्ना र कक्षा सञ्चालन नभएपनि अब यसरी सदुपयोग हुन्छ शैक्षिक सत्र, यसरी बढ्छ अर्को कक्षा
कोरोना महामारीका कारण रोकिएको परीक्षाबारे त्रिविका परीक्षा नियन्त्रकले पुनः दिए यस्तो बयान
त्रिविले परीक्षा नलिई माथिल्लो सेमेस्टर पढाउने    
कोरोना महामारीका कारण काठमाडौँ विश्वविद्यालय पनि बन्द
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता

सूचना विभाग दर्ता प्रमाणपत्र नं. ८३१/074-75
संचालक / सम्पादक : इन्द्र प्रसाद आचार्य

        || थप...