त्रिविको सेमेस्टर प्रणालीमा पढ्ने विद्यार्थीका लागि यस्तो विकल्प, बार्षिक परीक्षा यसरी गरिने


काठमाडौं । लकडाउनका कारण रोकिएको परीक्षालाई लिएर त्रिविले नयाँ जानकारी दिएको छ । कोरोना भाइरसको सङ्क्रमणपछि स्थगित त्रिभुवन विश्वविद्यालयका विद्यार्थीको परीक्षा अझै केही महिना नहुने पक्का भएको छ । वार्षिक प्रणालीमा अध्ययन गर्ने विद्यार्थीको लिखित परीक्षाबाहेक मूल्याङ्कनको विकल्प नभएको र सेमेस्टर प्रणालीको परीक्षालाई कसरी अगाडि बढाउने भन्ने विषयमा भर्खरै अध्ययन गर्न थालिएकाले परीक्षाका बारेमा अझै केही महिना अन्योल नै हुने देखिएको छ ।

 

 

 

यसबाट स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन गर्ने लाखौँ विद्यार्थी प्रत्यक्ष रूपले प्रभावित हुने देखिएको छ । विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले वार्षिक परीक्षाका लागि अझै केही महिना कुर्नुपर्ने अवस्था रहेको स्पष्ट गर्दै कोरोना सङ्क्रमण सामान्य भएर जनजीवन चल्न थालेपछि परीक्षा सञ्चालन गरिने जानकारी दिए । वार्षिक आधारमा पठनपाठन हुने विद्यार्थीको वर्षभरिको मूल्याङ्कन लिखित परीक्षाबाट मात्रै हुने भएकाले तत्काल त्यसको अर्को विकल्पतर्फ सोचाइ नराखिएको उनको भनाइ छ ।

 

 

विश्वविद्यालयले सेमेस्टर प्रणालीका माध्यमबाट पठनपाठन हुने र हाल अनलाइन माध्यमबाट कक्षा सञ्चालन भएका विद्यार्थीको परीक्षा कुन आधारमा सञ्चालन गर्ने भनेर अध्ययन भइरहेको छ । विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा।डा। शिवलाल भुसालको संयोजकत्वमा गठित अध्ययन कार्यदलले दिने प्रतिवेदनका आधारमा सेमेस्टर प्रणालीमा अध्ययन गर्ने विद्यार्थीको परीक्षा र सेमेस्टरका विषयमा निर्णय गरिने जनाइएको छ । सेमेस्टर प्रणालीको अनलाइन कक्षामा पनि सबै विद्यार्थीको सहभागिता हुन नसकेको अवस्थामा कसरी परीक्षा तथा मूल्याङ्कन गर्ने भन्ने असजिलोमा विश्वविद्यालयका पदाधिकारीहरू पुगेका छन् ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

 
प्रतिक्रिया दिनुहोस्
शिक्षा
लामो समयदेखि कायममुकायम प्रमुखको भरमा विश्वविद्यालय
नेपालमा कृषि अध्ययनमा के–के छन् अवशर : कहाँ कुन तहमा के–के पढाई हुन्छ ?
यस वर्ष देखि कक्षा ११ र १२ को पाठ्यक्रम परिवर्तन, अव यो पाठ्यक्रममा पढाई हुने [पाठ्यक्रमसहित]
त्रिविका सेमेष्टर प्रणालीको परीक्षाबारे निर्णय गर्न कार्यदल गठन
त्रिभुवन विश्वविद्यालको वार्षिक विद्यार्थी सङ्ख्या क्रमशः घट्दै
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता