काठमाडौ । नेपालमा तराई मधेस हुँदै भित्रिएको सलह किरा पहाड चढ्न थालेको छ । सलह किरा शनिबार बिहान भारतको बिहारबाट नेपालको तराई मधेसमा छिरेको थियो । शनिबार बारामा देखिएको सो किरा सिन्धुलीको चियाबारी, भीमानमा देखिएको प्लान्ट क्वारेन्टिन तथा वि षादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव गुरागाँइले जानकारी दिए ।

 

 

यो कीरा बारा, पर्सा, सर्लाही, रुपन्देही, तनहुँ लगायतको ठाउँमा पनि देखिएको छ । ‘यो अचम्मको खालको कीरा रहेको छ, यसको क्रियाकलाप अनौंठो छ । विज्ञहरु पनि आश्चर्यमा पारेका छन्’ उनले भने, ‘अहिले नेपाल नआउनुपर्ने किरा अचानक देखियो । नेपालको हावापानी अनुसार यो पहाडी क्षेत्रमा नदेखिनु पर्ने हो । तर विस्तारै पहाड चढ्न थालेको छ, यस्तो हो भने हिमालसम्म पनि पुग्न सक्छ जस्तो लाग्छ ।’

 

दुई दिनदेखि दक्षिणी र पश्चिमी वायुको चाप देखिएकाले उत्तरतिर सर्दै गइरहेको उनले बताए । ‘नेपालमा प्रवेश गरेदेखि यो किरा एक ठाउँमा बसेको देखिएको छैन । सानो सानो टुक्रामा रहेका सलहले ठाउँ परिवर्तन गरिरहेको छ, लाग्छ ती किराहरु फर्किन खोजिरहेका छन् तर वायुको चापका कारण सकिरहेको छैन, उत्तरतिर धकेलिँदै गइरहेको छ’, उनले थपे ।

 

पाकिस्तान र भारतका विज्ञहरुसँग पनि सल्लाह गर्दा उनीहरुले नेपालको हावापानी अनुसार अहिले त्यहाँ नजानु पर्ने भएपनि कसरी गयो भन्दै आश्चर्य व्यक्त गरिरहेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले भने, ‘आज हामीले पाकिस्तान, भारतलगायत एफएओका प्रतिनिधिसँग यस विषयमा छलफल गर्यौं । उहाँहरुले यो बेलामा नेपालमा कसरी प्रवेश गर्यो भनि आश्चर्य प्रकट गर्नुभएको छ ।’

 

भारतबाट थप प्रवेश गरेन भने यो बढ्न नसक्ने विज्ञहरुको भनाइ छ । उनीहरुका अनुसार नेपालमा यसले बच्चा जन्माउन सक्दैन र त्यसका लागि मरुभूमि नै चाहिन्छ । भारतबाट अझै प्रवेश गरेन भने सानो झुण्डमा रहेका यी कीरा आफै हराउने विज्ञहरुको बुझाइ छ ।

कति गर्छ क्षति ?

 

यो कीराले जुन खालको व्यवहार देखाएको छ, त्यसले गर्दा बालीमा क्षति नगर्ला जस्तो देखिएको केन्द्रका प्रमुख हुमागाईले बताए । भारतमा सलह किरा देखिएपछि त्यो नेपालमा प्रवेश नगरोस् भनि अध्ययनका लागि हुमागाईको संयोजकत्वमा मन्त्रालयले पाँच सदस्यीय अध्ययन समिति बनाएको थियो । सो समितिले मन्त्रालयलाई प्रतिवेदन पनि बुझाएको थियो । सो प्रतिवेदनले नेपालमा सलह किरा प्रवेश गर्ने सम्भावना एकदम न्युन रहेको तर सतर्क रहनुपर्ने अवस्था रहेको जानकारी मन्त्रालयलाई गराएको थियो । अहिले प्राविधिक अध्ययन गर्नका लागि सोही समितिलाई पुनः सक्रिय पारिएको छ ।

 

उनले भने, ‘नेपालमा अहिले ठूलो मात्रामा प्रवेश गरेको छैन, ठूलो मात्रामा आयो भने यसले क्षति गथ्र्यो तर यो झुण्डबाट टुक्रिएर आएको कारणले यताउति भौतारिरहेका छन्, त्यसले बालीलाई नोक्सानी गर्छन् जस्तो लाग्दैन तर ढुक्क रहने अवस्था छैन । दुई दिनसम्म वायु चापको यस्तै रहने मौसम विभागले जनाएको छ। त्यसैले ढुक्क रहने अवस्था छैन । वायुका कारण भारतबाट किरा अझै प्रवेश गर्ने सम्भावना रहेको छ । त्यसैले बालीलाई नोक्सान गर्दैन भनेर ढुक्क भएर बस्ने अवस्था भने छैन ।’

 

अहिले मकै, तरकारी, धानको बीउ लगायतलाई क्षति गर्न सक्छ । आज मन्त्रालयमा विज्ञसहित भएको भर्चुअल छलफलमा यसको नियन्त्रणका लागि कार्यविधि तयार गरिएको छ । प्रदेश र स्थानीय तहसँग समन्वय गरेर यो किरालाई नियन्त्रण गर्ने कार्यविधि बनाइएको प्रवक्ता केसीले बताए । जनचेतना जगाउने, वि षादीको व्यवस्थापन गरी किरा भएको ठाउँमा छर्किने, कहाँबाट आयो, कुन रुटबाट आयो, कस्तो जातको किरा हो, प्रभाव नेपालमा कहिलेसम्म रहन्छ, बालीलाई कसरी नोक्सानी गर्छ भन्नेलगायतका विषयमा अध्ययन गर्न पनि मन्त्रालयले भनेको छ ।

 

किरा नियन्त्रणका लागि सरकारले काम सुरु गरिसकेको छ । कीरा मा र्न वि षादी छर्किने, थाल ठटाउने, आगो बालेर धुँवा लगाउने जस्ता काम पनि शुरु भएको कृषि ज्ञान केन्द बाराका प्रमुख जितेन्द्र यादवले बताए । एकै ठाउँमा नदेखिएकाले वि षादी छर्किन पनि समस्या भइरहेको उनले बताए । उडेर ठाउँ परिवर्तन गरिरहने भएकाले यसलाई नियन्त्रण गर्न चुनौती देखिएको क्वारेन्टिनका प्रमुख हुमागाईले बताए ।  यहाँको खेती किसानी वस्तीमा भएको हुनाले औषधी छर्किन पनि समस्या हुने बताइएको छ ।

 

‘यहाँ ड्रोन या हेलिकप्टर प्रयोग गरेर वि षादी छर्किने अवस्था छैन, वस्तीको बीच बीचमा खेतीबारी रहेको छ, त्यसले गर्दा नियन्त्रणमा गाह्रो हुन सक्छ’, उनले भने । वि षादी छर्किन समस्या भए पनि अन्य वैकल्पि तरिकाको खोजी भइरहेको उनले बताए । यता शनिबार भूमि व्यवस्था र कृषि तथा सहकारी मन्त्रालयले पनि सयुक्त रुपमा विज्ञप्ति जारी गरी सलह किराबाट खाद्यबाली जोगाउनेबारे किसानलाई सुझावसहित विशेष अनुरोध गरेको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु