काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दुई ठूला शक्तिशाली देशबीचको निरीह तरुल नभएको बताउनु भएको छ । मदन भण्डारीको ६९औं जन्मजयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले ‘नेपाल दुई ठूला शक्तिशाली देशबीच केही पनि गर्न नसक्ने निरीह तरुल हौं’ भनेर बस्ने समय नभएको बताउनु भएको हो ।

प्रधानमन्त्री ओलीले सबै राष्ट्रको सार्वभौमिकता समान हुने उल्लेख गर्दै राष्ट्रको सार्वभौम सानो वा ठूलो नहुँने बताउनु भएको छ । उहाँले भन्नुभयो, ‘हामीले सानो राष्ट्रको हिनग्रन्थी पालेर बोल्न नसक्ने, अफ्ना अधिकार प्रयोग गर्न नसक्ने, दृढताकासाथ लिन नसक्ने गल्ती गर्नु हुँदैन । दुई ठूला शक्तिशाली देशबीच केही पनि गर्न नसक्ने निरीह तरुल जस्तो भएर बस्ने समय हैन ।’

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

प्रधानमन्त्री ‌ओलीले नेपाल गौरवपूर्व इतिहास र उज्यालो सम्भावना बोकेको राष्ट्र भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामी तरुल हैनौं । ठूलो सम्भावना र अत्यन्तै गौरवपूर्ण इतिहास बोकेको विगत र अहिलेको गतिशील वर्तमान, उज्यालो सम्भावना बोकेको राष्ट्र हो ।’

उहाँले थप भन्नुभयो, ‘जो कसैको अधिनस्थ भएर बस्न स्वीकारेन । ठूला बलिया देश त्यसरी उपनिवेश हुँदा यो देशले स्वीकारेन । त्यसकारण विगतको गौरवपूर्ण इतिहास र भोलिका सम्भावना प्रबल छन् ।’

मदन भण्डारीको विचारबाट निर्देशित भएर जनतामा खस्किएको आत्मविश्वास जगाउन लागेको भन्दै प्रधानमन्त्री ओलीले आगामी दिनमा पनि त्यसरी नै अगाडि बढ्ने जानकारी गराउनुभयो ।

मदन भण्डारीका विचार अगाडि राखेर समाजलाई अगाडि बढाउने काम गरिएको पनि उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्रियताको विषयमा नै किन नहोस् । हामीले नाकाबन्दीको सामना गर्‍यौं ।

संविधान नबनाउभन्दा भन्दै बनायौं । दुई छिमेकीमध्ये एउटा छिमेकीमा निर्भर भएर, भारतवेष्ठित भएर खुम्चिएर बसेका थियौँ । हामीले देखिसकेका थियौं, हिमालबाट पनि बाटो बन्न सक्छ । र हामी दुई छिमेकीबाट यातायात र पारवहन सुविधा लिन सक्छौं ।ु उहाँले अहिले एक देशमा मात्रै भर पर्नु नपरेको पनि स्पष्ट पार्नुभयो ।

सम्बन्धित खबरहरु