काठमाडौं । रौतहटको राजपुर नगरपालिकास्थित लालबकैया नदीमा पौडी खेल्न गएका एक युवक बेपत्ता भएका छन् । नदीमा पौडी खेल्न गएका वडा नं ८ का शेख कलिमका छोरा २५ वर्षीय शेख फिरोज आज अपराह्न ३ः०० बजे बेपत्ता भएको प्रहरीले जनाएको छ ।

प्रहरी टोली र स्थानीयको सहयोगमा बेपत्ता युवकको खोजी भइरहेको उद्धारमा संलग्न इलाका प्रहरी कार्यालय राजपुरीका प्रमुख प्रहरी नायब निरीक्षक दीपक गुप्ताले बताउनुभयो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

शेख फिरोजसँगै नदीमा बेपत्ता भएका र सोही ठाँउका ३० वर्षीय हजारी मियाँलाई घटनास्थलबाट ३०० मिटर पर जिवितै उद्धार गरिएको प्रहरी नायब निरीक्षक गुप्ताले बताउनुभयो ।

सम्बन्धित खबरहरु