काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । तोलामा सात सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो नेपाली बजारको हालसम्मकै उच्च मूल्य हो । यसअघि गत बुधबार र बिहीबार ९१ हजार १ सय रुपैयाँमा किनबेच भएर सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड बनाएको थियो ।

 

 

शुक्रबार भने तोलाको ९० हजार ६ सय रुपैयाँमा सुनको किनबेच भएको थियो । आइतबार तेजावी सुन प्रतितोला ९० हजार ८ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ । चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला ९ सय ४५ रुपैयाँमा काराबार भइरहेको महासंघले जनाएको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु