काठमाडौं । नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम)को बर्दघाट नगरपालिका–१४ स्थित एक फेन्सी पसलमा आगलागी हुँदा करीब रु दश लाखको क्षति भएको छ । विद्युत् सर्ट हुँदा आज बिहान यूनिक फेन्सी क्लेक्सन गङ्गाबस्तीमा आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट पसलमा रहेका कपडा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनुभयो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

पसलको सटरबाट धुवाँ निस्किरहेको देखेपछि घरधनीले पसल सञ्चालकलाई खबर गरेका थिए । आगलागीबाट पसलमा रहेका फेन्सी सामान कामै नलाग्ने गरी जलेको सञ्चालक प्रदीप पाण्डेले बताउनुभयो । स्थानीयवासीको सहायतामा आगलागी तत्कालै नियन्त्रणमा लिइएको थियो ।

सम्बन्धित खबरहरु