काठमाडौ । भाइरस रिमुभिङ कार्डले स्वास्थ्यमा असर गर्ने जानकारी सञ्चार माध्यमबाट आएपछि नेताहरूले लगाउन छाडेका छन् । ‘बियोन्ड द वाल ट्रेडिङ कम्पनी’ ले चीनबाट ल्याएको उक्त कार्ड नेकपाका नेता र सांसदहरूले लगाइरहेका थिए । कार्डमा राखिएको रसायनले मुटु, कलेजोमा समेत गम्भीर असर गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत स्पष्ट पारेपछि नेताहरू डराएका हुन् ।

 

 

‘कोरोना भाइरस सर्दैन भने किन नलगाउने भनेर परिवारका सदस्यलाई समेत किनेर लगाएका थियौं’ नेकपाका एक सांसदले भने, ‘कतै पनि प्रमाणित नभएको र स्वास्थ्यमै असर गर्छ भन्ने थाहा पाएपछि लगाउन छाड्यौं ।’ नेकपाको शुक्रबारको स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा र स्थायी समिति सदस्यहरूले कोरोनाबाट जोगिन भन्दै यही कार्ड लगाएका थिए । शनिबारको बैठकमा माधवकुमार नेपालबाहेक अन्य नेताले लगाएका थिएनन् । स्थायी कमिटीको बैठकमा सहभागीलाई उपलब्ध गराउन भन्दै नेकपाले ६० वटा कार्ड खरिद गरेको थियो । कान्तिपुर दैनिकबाट

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु