काठमाडौं । कर्णाली राजमार्गको दैलेख सडकखण्डको आठबीस नगरपालिका–३ जाक्सी खोलामा आइतबार बेलुका पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको । सडक बन्द हुँदा गर्भवतीसहित खाद्यान्न बोकेर बोकेर कालीकोट र जुम्ला जाने यातायातका साधन अलपत्र परेका छन् ।

आठबीसका प्रमुख खड्कराज उपाध्यायले राजमार्गमा ठूलो पहिरो गएको बताउनुभयो । ‘सडक डिभिजन कार्यालयलाई पनि खबर गरेका छौंँ तर पहिरो ठूलो छ । पहिरो हटाउन डोजर अभाव भएपछि व्यक्तिको डोजरलाई प्रयोगमा ल्याइएको छ’, वहाँले भन्नुभयो,‘यो डोजरले पहिरो हटाउन अझै दुई दिन लाग्छ ।’

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

यसैबीच आइतबार बेलुका जिल्ला अस्पताल कालीकोटबाट सुर्खेत रिफर गरिएकी एक सुत्केरी सडक अवरुद्ध हुँदा १८ घण्टादेखि अलपत्र परेकी छन् । कालीकोट रिफर गरिएकी सुत्केरी र नवजात शिशुको अवस्था गम्भीर देखिएको छ । राति कालीकोट जिल्ला अस्पतालबाट सुरक्षित सुत्केरी गराएकी खाँडाचक्र नगरपालिका–१ की २५ वर्षीया वसन्ती शाही र नवजात शिशुमा श्वासप्रश्वासको समस्या देखिएपछि थप उपचारका लागि सुर्खेत रिफर गरिएको थियो ।

पहिराले सडक कर्णाली राजमार्ग अवरुद्ध हुँदा सुत्केरी र नवजात शिशु जाक्सी गाउँको गोठमा बसेका छन् । शिशुलाई दिएको अक्सिजन सकिँदा अवस्था गम्भीर बन्दै गएको वसन्तीका श्रीमान् राजकुमारले बताउनुभयो । ‘अक्सिजन सकियो । राकम कर्णाली सात्तला हेल्थ पोष्टमा अक्सिजन नै छैन’, उहाँले भन्नुभयो,‘पानी परिरहेकाले सडक खुल्ने अवस्था छैन । नवजातको अवस्था थप गम्भीर हुँदै गएको छ ।’

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु