कोरोना कहर : लाखौँ सिरियालीहरू भोकमरीको सङ्घारमा


दमास्कस । कोरोनाको कारण आवागमनमा लगाइएका प्रतिबन्धका कारण सहयोगको भरमा बाँचिरहेका लाखौँ सिरियालीहरू अहिले भोकभोकै बस्नुपर्ने अवस्था रहेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले सोमबार संयुक्त विज्ञप्ति जारी गरी जानकारी गराएका छन् । सिरियाका विभिन्न स्थानमा शरणार्थी शिविरमा रहेका उनीहरूको अवस्थाबारे नर्वेको शरणार्थी काउन्सिल, अक्सफामलगायतका अन्य संघसंस्थाले हस्ताक्षर गरेको विज्ञप्तिमा यस्तो चेतावनी दिइएको हो ।

 

 

“लगभग एक दशकको युद्ध र विस्थापनको सामना गरिसकेका सिरियालीहरूले अहिले अकल्पनीय भोकमरीको सामना गरिरहेका छन्, लाखौं मानिस कोभिड–१९ को महामारीका कारण भोकै पर्ने स्थिति आएको छ । सिरियामा करिब ४२ प्रतिशत नागरिक खाद्य असुरक्षाबीच बाँच्नु परेको छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ भने कोरोनाका कारण सिरियामा सहयोगको अपेक्षामा रहेका नागरिकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।

 

“कोभिड–१९ का प्रतिबन्धहरू, सिरियन पाउण्डमा आएको गिरावट र लाखौं मानिस विस्थापित भएको कारण ठूलो सङ्ख्यामा सिरियाली नागरिकहरू पेटभरी खाना खान पाइरहेका छैनन्,” विज्ञप्तिमा भनिएको छ । रकम र मानवीय पहुँचमा वृद्धि नगरेसम्म यस क्षेत्रका शरणार्थीहरुसहित धेरै सिरियालीहरु भोकमरीको नजिक पुगेका छन् । सिरियामा नौ बर्षको युद्धका कारण उनीहरूलाई निराशा र विनाशको घुमाउरो मैदानमा परेका छन् जुन हरेक बर्ष बिगिरहेको छ । “यसकारण पहिलेभन्दा बढी अन्तर्राष्ट्रिय सहयोग आवश्यक भएको छ । “८० प्रतिशत सिरियाली दिनहुँ १.२५ अमेरिकी डलरभन्दा कम रकमका भरमा बाँच्दछन् तर केही हप्तादेखि यहाँ पाउरोटीको मूल्य दोब्बर बढेको छ,’ रेडक्रसको अन्तर्राष्ट्रिय समितिले सोमबार भनेको छ ।

 

रेडक्रसका अनुसार अहिले करिब ५० प्रतिशत सिरियालीहरूसँग दिनहुँ खानको लागि पर्याप्त मात्रा छैन । सिरियाली युद्ध नौ बर्ष भन्दा बढि तानिएको छ । सिरियामा यो अवधिमा तीन लाख ८० हजारभन्दा बढी मानिस मारिएका र दुई करोड सिरियाली आन्तरिक वा बाह्य रूपमा विस्थापित बनेका छन् । यो सिरियामा द्वन्द्व सुरू हुनुपूर्वको झण्डै आधा जनसङ्ख्या हो ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

 
प्रतिक्रिया दिनुहोस्
शिक्षा
लामो समयदेखि कायममुकायम प्रमुखको भरमा विश्वविद्यालय
नेपालमा कृषि अध्ययनमा के–के छन् अवशर : कहाँ कुन तहमा के–के पढाई हुन्छ ?
यस वर्ष देखि कक्षा ११ र १२ को पाठ्यक्रम परिवर्तन, अव यो पाठ्यक्रममा पढाई हुने [पाठ्यक्रमसहित]
त्रिविका सेमेष्टर प्रणालीको परीक्षाबारे निर्णय गर्न कार्यदल गठन
त्रिभुवन विश्वविद्यालको वार्षिक विद्यार्थी सङ्ख्या क्रमशः घट्दै
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता