स्नातक तहको नतिजा प्रकाशित [नतिजासहित]


काठमाडौ । त्रिभुवन विश्वविद्यालयले स्नातक तहको नतिजा प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ्ग अध्ययन संस्थान परीक्षा नियन्त्रण महाशाखाले २०७६ माघ महिनामा सञ्चालित सबै कार्यक्रम चौथो बर्ष दोस्रो खण्डको परीक्षाफल प्रकाशित गरेको हो । इन्जिनियरिङ्ग अध्ययन संस्थान परीक्षा सञ्चालन समितिको निर्णय अनुसार उक्त परीक्षाको नतिजा प्रकाशित भएको छ । परीक्षामा सफल भएका परीक्षार्थीको क्रमाङ्क प्रकाशित गरिएको छ । उक्त नतिजा तल अपलोड गरिएको छ । आफुले हेरिसकेपछि सबैको जानकारीका लागि सक्दो सेयर गरिदिनुहोला ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

त्रिभुवन विश्वद्यालयको ६१ औं बार्षिक दिवस यसरी सम्पन्न भयो

त्रिभुवन विश्वविद्यालको ६१ औं वार्षिक दिवसको अवसरमा आयोजित त्रि.वि सभाको बार्षिक दिवस बैठक ५८ औं ग्रेस लिष्ट पारिस गरी सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालयका सहकुलपति एवम् शिक्षाविज्ञान तथा प्रविधीमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा सम्पन्न वार्षिक दिवस बैठकमा प्रस्तुत भएको गे्रस लिष्ट अनुसार व्यवस्थापक संकायमा १९ हजार ३ सय ३०, शिक्षाशास्त्र संकायमा १४ हजार ८ सय १२, मानविकी तथा सामाजिक शास्त्र संकायमा ९ हजार ६ सय १५,कानुन संकायमा १ हजार ९ सय १५, विज्ञान तथा प्रविधि अध्ययन संंस्थानमा ६ हजार १ सय २६, इन्जिनियरिङ्ग अध्ययन संस्थानमा २ हजार ८ सय ४४, चिकित्साशास्त्र अध्ययन संस्थानमा १ हजार ४ सय ५२, कृषि तथा पशु विज्ञान अध्ययन संस्थानमा ३ सय ९७ र वनविज्ञान अध्ययन संस् थानमा २ सय २२ गरी कुल ५६ हजार ७ सय १३ विद्यार्थी समावेस भएका छन् ।

त्रि.वि सभालाई सम्वोधन गर्नुहुँदै सहकुलपति एवम् शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड १९को विश्वव्यापी महामारीका कारण उत्पन्न जटिलतालाई मध्यनजर गर्दै शिक्षालाई प्रविधिसँग जोडन त्रिभुवन विश्वविद्यालयले गरेको महत्वपूर्ण प्रयत्नलाई सार्थकताका साथ कार्यान्वयनमा लैजान सुझाव दिनुभयो । उहाँले शिक्षाको परम्परागत शैलीमा आमुल परिवर्तन गरी घरलाई शिक्षा आर्जन गर्ने स्थानको रुपमा परिणत गर्दै लैजानुपर्ने धारणा व्यक्त गर्नभएको थियो ।

विद्यालय शिक्षादेखि विश्वविद्यालयसम्म सवैका पाठ्यक्रमहरुलाई प्रविधिसँग जोडदै शिक्षालाई थप रचनात्मक,व्यवहारिक एवम् सिर्जनशिल बनाउन विश्वविद्यालय जस्ता मुलुकका अग्रणी शैक्षिक संस्थाहरु लागिपर्नुपर्ने धारणा समेत व्यक्त गर्दै कोभिड १९ को जटिल परिस्थितिमा शिक्षाक्षेत्रलाई कसरी व्यवस्थित गर्ने भन्ने सन्र्दभमा सरकार विज्ञ एवम् सरोकारवालाहरु लगाताल छलफल एवम् परामर्श गरेर अघि वढिरहेको बताउनुभयो।

 

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटाले बार्षिक दिवस सभालाई सम्वोधन गर्नुहुदै कोभिड १८के सन्त्रासको वावजुत भौतिक तथा शैक्षिक सुधारमा विश्वविद्यालय गतिशिल रहेको बताउनुभयो । उहाँले त्रिविलाई विज्ञान प्रविधिमैत्री बनाउन माइक्रोसफ्ट कम्पनी सँग सम्झौता गरी त्रि.वि.को मेन डोमेन बनाई सवै निकाय तथा क्याम्पसहरुको आफनै सवडोमेन बनाएर ५ लाख शिक्षक,कर्मचारी तथा विद्यार्थीहरुको इमेल बनाउने अभियानमा जुटेको बताउनुभयो ।

 

उहाँले अनलाइन प्रविधिको माध्यामवाटै कक्षास सञ्चालन गर्ने कार्यलाई तिव्रता दिइरहेको साथै विश्वविद्यालयवाट प्रदान गने ट्रान्सक्रिप्ट तथा ग्रेड प्वाइन्ट मा एकरुपता, क्रेडिट ट्रान्सफरको व्यवस्था तथा त्रिविको सम्पतिको थप पहिचान र नियम एवम् परिक्षाा प्रणालीमा सुधार जस्ता कार्यक्रमहरु अन्तिम अवस्थामा पुगेको समेत बताउनुभएको थियो । सभामा सम्पूर्ण अध्ययन संस्थान एवम् संकायका डीनहरुले ५८ औं गे्रसलिष्टमा सहभागि विद्यार्थीहरुलाई उपाधि प्रदान गर्न सभाको अनुमति होस भनी सभाका अध्यक्षसमक्ष प्रस्तुत गर्नुभएको थियो ।

 

त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा शिवलाल भुसालले कोभिड १९ को अत्यन्तै असहज परिस्थितिमा पनि त्रिभुवन विश्वविद्यालयको वार्षिक दिवसलाई सम्पन्न गर्न सहभागि हुनुभएकोमा सम्पूर्ण त्रिविसभाका सभासद एवम प्राध्यापक,कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो भने त्रिविका रजिष्ट्रार प्रा.डा पेशल दाहालले सभामा ग्रेस लिष्टको संक्षिप्त विवरण प्रस्तुत गर्नुभएको थियो । यसैगरी सभाले त्रिवि संगठन तथा शैक्षिक प्रशासन सम्वन्धी नियमको परिच्छेद ३९ नियम १३० अनुसार त्रिविको कार्यकारी परिषदको रिक्त सदस्यमा कानुन संकायका डीन प्रा.डा विजय सिंह सिजापति र शिक्षकहरुवाट प्रा.डा पे्रम सागर चापागाईको नियुक्तिलाई समेत समर्थन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
विद्यालय खोल्ने तयारी, मिति नै तोकियो
छोरा–छोरीलाई एसईईपछि के के पढाउने ?
निजी र सामुदायिक विद्यालय सञ्चालन बारे सरकारको यस्तो निर्णय, साउन देखि नै लागू हुने
विश्वविद्यालय परीक्षा बारे सरकारले लियो भर्खरै यस्तो निर्णय [भिडियोसहित]
लकडाउनका कारण एसइई दिन नपाएका विद्यार्थीको आन्तरिक मूल्याङ्कन सम्पन्न
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता