काठमाडौं । खेल्ने क्रममा घरको छतबाट खस्दा चार वर्षीय बालकको मृत्यु भएको छ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका –१ शिवलहवाका ओमप्रकाश यादवका छोरा अजयको घरको छतबाट खस्दा सोमवार मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिनुभयो । एक तले घरको छतबाट खसेका अजयको उपचारका लागि मेडिकल कलेज भैरहवा लैजाँदै गर्दा बाटामै मृत्यु भएको हो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु