काठमाडौ । विश्वभर महामारीका रुपमा रहेको कोरोना भाइरस (कोभिड–१९) बाट बच्न फेसबुकका संस्थापक मार्क जुकरबर्गले सबैसँग अपिल गरेका छन् । विश्वभर अहिले कोरोना संक्रमितहरुको संख्या एक करोड पाँच लाख भन्दा धेरै हुँदा पाँच लाख १४ हजार भन्दा धेरैको मृत्यु भएको खबर आएको छ ।

 

निको हुनेहरुको संख्या पनि बढेर ५८ लाख नजिक पुगेको छ । अहिले विश्वमा सबैभन्दा धेरै प्रभावित देशहरुमा अमेरिका रहेको छ । अमेरिकामा २७ लाख भन्दा धेरै संक्रमित रहँदा एक लाख ३० हजार भन्दा धेरैको मृत्युको खबर आएको छ । अमेरिकामा ११ लाख ४३ हजार भन्दा धेरै निको पनि भैसकेका छन् ।

 

यो बीचमा जुकरबर्गले श्रीमती प्रिसिला चानसँगको माक्स लगाएको तस्विर फेसबुकमा राख्दै सबैसँग माक्स लगाउन अपिल गरेका हुन् । उनले लेखेका छन् , ‘कृपया मास्क लगाउनुहोस् । कोभिड फेरि तिव्र गतिमा फैलदैँछ, मास्कले व्यक्तिलाई स्वस्थ राख्न र देश खुला राख्न मद्दत गर्दछ ।’ कोरोना संकटलाई लिएर फेसबुकले विभिन्न खालका सहयोगहरु पनि उपलब्ध गराएको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु