काठमाडौं । इलाममा एक व्यक्तिको खोलामा डुबेर मृत्यु भएको छ । देउमाई नगरपालिका–५ का २५ वर्षीय हरिप्रसाद चापागाईँ देउमाई खोलामा डुबिरहेको अवस्थामा मृत फेला परेका हुन् ।

सोमबार दिउँसोदेखि हराइरहेका चापागाईँ मङ्गलबार उक्त खोलामा डुबेर मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय मङ्गलबारेबाट प्रहरी टोली खटिएको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

आत्मह'त्या गरेको वा खोला तर्ने क्रममा मृत्यु भएको भन्नेबारे जानकारी नआइसकेको बताइएको छ । कसैले चापागाईँको मृत्यु गराएको भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले बताएको छ ।

सम्बन्धित खबरहरु