काठमाडौं । विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरसको असर नेपालमा पनि गम्भीर हुँदैछ । यो बीचमा सुदूरपश्चिम प्रदेशमा थप ११३ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएका छन् ।

यो सँगै संक्रमित संख्या २ हजार ११० पुगेको छ । यसअघि नै ४ सय ९५ जना संक्रमित निको भइ घर गइसकेका छन् भने ६ जनाको मृत्यु भइसकेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा १०१, त्रिवि शिक्षण अस्पताल महाराजगंजको प्रयोगशालामा २, वीर अस्पताल काठमाडौँको प्रयोशालामा, ७ र सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थय निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिइएको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु