काठमाडौं । नेपालमा अहिले कोरोना महामारीको संकट चल्दै गर्दा सलह आतंक सुरु भएको छ । अफ्रिकी मुलुकबाट पाकिस्तान, भारत हुँदै केही दिनअघि नेपालको तराईका जिल्लामा देखापरेको सलह मङ्गलबार काठमाडौंमै देखिएको थियो । जानकारहरुका अनुसार नेपालमा सलहको प्रभाव कम हुने जनाइएको छ ।

गएको शनिबार रुपन्देही, सिन्धुली, चितवनलगायत जिल्लामा देखापरेको सलह वर्षापछि मर्ने गर्छ । वरिष्ठ कृषिविज्ञ डा. केदार बुढाथोकीका अनुसार सलहको सङ्ख्या लाखौँ वा करोडौँको परिमाणमा हुन्छ । उहाँका अनुसार काठमाडौँमा देखा परेको सलहको झुण्ड ठूलो होइन ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

नेपालमा मनसुन शुरु भइसकेकाले यसको प्रभाव कम हुने अनुमान गरिएको छ । पूर्वी दिशाबाट पश्चिमतिर बहेको हावासँगै सलह पनि पश्चिमतिर सर्ने अनुमान मौसम तथा जलवायु महाशाखाले गरेको छ । नेपालका दाङ लगायत जिल्लाहरुमा यस्को असर देखा परेको छ ।

सम्बन्धित खबरहरु