काठमाडौं १९ पुस । पछिल्लो एक वर्षमा नेताहरुले कति वटा बैठक गरे होलान् ? कति समय बैठक गरे होलान् ? हिसाब गर्दा औसत दुई दिनमा एक दिन नेताहरुले बैठक गरेका छन् । एउटा बैठक औसतमा एक घन्टा चल्ने गरेको छ । त्यसरी हेर्दा करिब डेढ सय दिन र त्यति नै घण्टा नेताहरु संविधान निर्माणका लागि बैठकमा बसेका छन् । यति हुँदा पनि शुक्रबारसम्म नेताहरुको मेहेनतले ठोस आकार लिन सकेको छैन । यतिबेला संविधानको खाका ल्याएर ताली खानुपर्ने नेताहरुले गाली मात्र पाइरहेका छन् । आखिर यस्ता निणर्ायक बैठकमा हुन्छ के त ? प्रायः शिर्ष बैठक संचार माध्याममा आएका नेताहरुको भनाइका आधारमा घोचपेचबाट सुरु हुन्छ । एकले अर्कोलाई उडाउँछन् । त्यसपछि औपचारिक कुरा सुरु हुन्छ । मूल विषयमा प्रवेश गरेपछि बाहिर तीन बित्ता लच्किएर प्रवेश गरेका नेताहरु अग्राखजस्तो दह्रो बन्छन्।

उनीहरुको लचकता गायब हुन्छ । सबैले आपmनै कुरामा जोड गरेपछि घोचपेचमा सुरु भएको बैठक तात्न थाल्छ । ‘बाहिर लचक हुने शिर्ष नेताहरु औपचारिक बैठकमा जिउमा ‘भूत’ चढेजझैं आक्रोशित र कडा भएर आउँछन्,’ एक नेताले सुनाए । ‘अनौपचारिक बैठकमा एमाओवादी नेताहरु संघीयतालगायतका बिषयमा लचिलो ढंगले प्रस्तुत हुन्छन्, कांग्रेस र एमालेका नेताहरु पनि आफू पूर्व अडानमा पुनर्विचार गर्न तयार हुन्छन्,’ नियमित बैठकमा सहभागि भइरहने एक नेताले भने, ‘तर जब सहमति गर्न औपचारिक बैठक बस्छ, सबै कुरा बिगि्रन्छ ।’ कहिलेकाहीं भने बैठक महाभारतका कथा र नीति कथाहरुबाट सुरु हुन्छ । एमाले अध्यक्ष केपी ओल, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस उपसभापति रामचन्द्र पौडेल यस्ता कथा सुनाउन अग्रसर हुन्छन् । एउटा नेताले सुरु गरे भने त्यस्तै वा त्यो कथाको खण्डन गर्ने खालका कथा हाल्न अर्को नेता अघि सर्छन् ।

पूर्व प्रधानमन्त्री एवं एमाले नेता झलनाथ खनाल संविधान निर्माणका लागि हुने शिर्ष बैठकमा गाम्भिर्य नदेखिने बताउँछन् । ‘आश्चर्य लाग्दो गरी नेताहरुमा आत्मविश्वासको कमि भएको देखिन्छ, भएका बैठकमा पनि आधा भन्दा बढी समय घोचपेच, कथाकुथुङ्ग्री सुनाउँदै सकिन्छ,’ खनालले भने । उनले शीर्ष बैठकमा संविधान निर्माणको छलफलमा करिब ४० प्रतिशत समय मात्र केन्दि्रत हुने जानकारी दिए । दलको शीर्ष बैठकमा प्रधानमन्त्री सुशील कमै बोल्छन् । उनले सबैले जित्नेगरी संविधान ल्याउने कुरा गर्छन् । उनले सबभन्दा दाहोर्‍याउने वाक्य हो, ‘हामीले विन-विन हुने गरी संविधानमा सहमति गर्नुपर्छ ।’ तर, उनी सबैले जित्ने गरी कसरी संविधान ल्याउनुपर्छ भन्नेबारे चाहिँ खासै खुलाउँदैनन् ।

सुशीलले सँधै दोहोर्‍याउने यो भनाईलाई व्यंग गर्नेगरी एमाओवादी नेता डा. बाबुराम भट्टराईले बिहीबार टि्वट पनि गरे- ‘दुवै पक्षलाई विनविन हुने गरी रेप|mीले नै गोल हान्ने नयाँ खेलको नाउँ के राख्नु उपयुक्त होला ?’ एमाओवादी अध्यक्ष दाहाल बिच्किदा भने कोइराला फकाउने प्रयास गर्छन् । तर, कोइरालासँग दाहाललाई मान्य हुने ठोस प्रस्ताव हुँदैन । कोइरालाको प्रस्ताव लिएर महामन्त्री सिटौला प्रायः एक दिन बिराएर दाहाल निवास लाजिम्पाट पुग्छन् । कोइराला र दाहालबीच कुराकानी हुँदा कोइराला सकरात्मक हुने भए पनि तीन दलको शिर्ष बैठकमा ‘कमान्ड’ लिन सक्दैनन् । सिंहदबार कमै आउने उनी बालुवाटारतिरै अलमलिएका छन् । दाहाल कहिलेकाहीँ लचक भएर सहमति गर्ने मनस्थितिमा पुग्छन् । तर, उनको नेतृत्वमा रहेका ३० दलीय मोर्चा उनले सोचजस्तो लचकता अपनाउने पक्षमा छैन । अझ मधेशी दलहरुले निरन्तर एमाओवादीमाथि दबाव सिर्जना गरेका छन् ।

पहिचानसहितको संघीयताबारे मधेशी दल अलिकति पनि लचक हुनु हँुदैन भन्ने पक्षमा छन् । बहुपहिचानलाई स्वीकार गरिसकेको एमाओवादी र अध्यक्ष दाहाललाई संघीयता, शासकीय स्वरुप र निर्वाचन प्रणालीबारे लचक हुन अप्ठ्यारो छ । ‘जे गर्दा पनि अप्ठ्यारो मलाइ नै छ’ दाहालले बेलाबेला भन्ने गरेका छन्, ‘संविधान नबनेको सबै दोष मैमाथि थुपार्ने कोसिस भइरहेको छ ।’ मधेशी दलले बेलाबेला दाहाललाई संघीयता र निर्वाचन प्रणालीमा ‘खुट्टा नकमाउन’ भनिरहेका छन् ।

यसमा लचकता देखाए आफूलाई धोकेबाजको आरोप मधेशी दलले लगाउने डर दाहाललाई छ । त्यसकारण उनी ‘अकर्मण्यता’ मा प“mसेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी अध्यक्ष हुनुअघि नै एमाओवादीप्रति कडा नीति लिने नेताका रुपमा चिनिन्छन् । दोस्रो संविधानसभा निर्वाचन र पार्टी अध्यक्ष भइसकेपछि उनको स्वर ठूलो भएको छ । एमाओवादीले लिएको नीतिप्रति उनको पूरै असहमति छ ।

त्यसकारण पनि उनले बेलाबेला एमाओवादी अध्यक्ष दाहालको मर्ममा प्रहार गर्छन् । जसले दाहाललाई उत्तेजित हुने अवस्थामा पुर्‍याउँछ । पुस ५ गते ओलीले एमाओवादी, मधेशी दलको पहिचानसहितको संघीयताबारे पूरै असहमति जनाएपछि दाहाल बैठक छाडेर बाहिरिएका थिए । त्यसको जवाफमा दाहालले अर्को दिन ओलीलाई ‘महाराजा’ को संज्ञा दिए । ओली र दाहालको घोचपेच दुई दिनसम्म सार्वजनिक रुपमा चल्यो । दुई नेता बीचको तिक्ततालाई सहजीकरण गर्न र गम्भीर छलफलका लागि भन्दै प्रधानमन्त्री कोइरालाले पुस १० गते वालुवाटारमा बैठक बोलाए । साँझ बसेको बैठक बुद्ध मुर्तिको प्रसंगबाट सुरु भयो । सँगै बसेका प्रधानमन्त्री कोइराला र एमाले अध्यक्ष ओलीको बीचमा बुद्धको मूर्ति परेको थियो । यसलाई लिएर एक नेताले टिप्पणी गरे- ‘बसाई अलि गलत परेछ ।

बुद्धको मूर्ति त कि कोइराला र दाहाल कि ओली र दाहालका बीचमा हुनुपर्ने !’ यो टिप्पणीपछि बुद्ध र शान्तिका विषयतिर बैठक मोडियो । केहीबेर यस्तै टिप्पणीमा अलमलिएपछि बैठक ‘आइन्दा यस्तो घोचपेच नगर्ने, भोलिदेखि गम्भीर वार्ता गर्ने’ भन्दै नेताहरु उठे । बैठक सकियो । यसको भोलिपल्ट विहान बसेको बैठकले संविधानका विषयमा उठेका विवादहरुमा सहमति खोज्न चार पार्टीको कार्यदल बनायो । ओली संविधानमा सहमति नभए प्रक्रिया अघि बढाउने पक्षमा छन् । उनको यो भनाइलाई सत्तासँग जोडेर हेरिन्छ । सत्तारुढ दलसँग दुई तिहाइ पुग्ने भएकाले ओली त्यही बलका आधारमा अघि बढ्ने मनिस्थतिमा छन् । ओली लचक हुने हो भने विपक्षी पनि नरम हुने केही विश्लेषकको बुझाइ छ । उनीहरुको मत छ, ‘ओली जति कडा हुन्छन्, विपक्षी पनि त्यति नै कडा हुने प्रवृत्ति देखिएको छ ।’ तीन दलको शीर्ष बैठकमा ओली कि ढिलो पुग्छन्, छिटो पुगे भने आफ्नो कुरा राखेर बाहिरिन्छन् । विपक्षीसँग लामो वार्ता गरी फकाउने पक्षमा उनी देखिदैनन् । ओलीको त्यो व्यवहारले विपक्षीलाई बढी चिढ्याएको देखिन्छ ।

एमाले नेता माधवकुमार नेपालको दाहालसँग हिमचिम बढेको छ । हाल नेपाल एमालेभित्र प्रतिपक्ष जस्ता हुन् । दाहाल र नेपालको परिवारले यसै साता संयुक्त रुपमा हिन्दी चलचित्र ‘पिके’ हेरे । दुई नेताले मंगलबार दाहाल निवास लाजिम्पाटमा सँगै ‘ब्रेकफास्ट’ गरे, एउटै गाडी चढेर थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराइरहेका नेकपा-माओवादी अध्यक्ष मोहन वैद्यलाई भेट्न गए । ‘सहमतिका लागि वार्मअप (कसरत) भइरहेको छ,’ नेपालले कान्तिपुरसँग भने । यो ‘मित्रता’ को कठिनाइ के छ भने, दाहाल र नेपालबीच सहमतिका जति कुरा भए पनि ओलीले स्वीकार्न गाह्रो छ । नेपाल र दाहालको जत्तिकै नभए पनि ओली र माओवादीका अर्का नेता डा. बाबुराम भट्टराईका बीच भने बेलाबेला कुराकानी भइरहेको छ । उनीहरुका बीच भेटवार्ता खासै नभए पनि टेलिफोन वार्ता भने भइरहेको छ ।

संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापतिसमेत रहेका भट्टराईले टि्वटर र अन्य माध्यमबाट संविधान बनाउने हतारो व्यक्त गरिरहेका छन् । दाहाल र नेपाल फिल्म हलमा पुगेको केही दिनमा भट्टराई भने ठमेल पुगे, अंग्रेजी नयाँ वर्ष मनाउन । ठमेलको एक रेष्टुरेन्टमा पत्नी हिसिला, छोरी मानुषी र अन्यसँग नयाँ वर्ष मनाइरहेको तस्वीर उनले बुधबार फेसबुकमा अपलोड गरेका थिए । विज्ञहरू भने शीर्ष नेताहरुका बैठक र सहमतिको प्रयासमा सत्ताको खेल लुकेको बताउँछन् । राजनीतिशास्त्री खड्ग केसी भन्छन्, ‘सत्तामा भइरहेकालाई निरन्तरता दिन र नभएकाहरु त्यसलाई भत्काउन चाहन्छन् ।’ ‘अर्को कारणचाहिँ बहुमतले अल्पमतको मुद्दालाई सहजै किन मान्ने भन्ने पनि छ,’ उनी भन्छन्, ‘संविधान सत्ताको लेनदेनमै अडकिएको देखिन्छ ।dal-meetting-599x330

सम्बन्धित खबरहरु