काठमाडौं । पछिल्लो समय नेपालमा सुरु भएको मीटु अभियान थप उत्कर्षमा पुगेको छ । कलिउड अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले लगाएको दु र्व्यव हारको आरोपले आफ्नो चरित्र गिराउने काम भएको भन्दै अभिनेता एवं निर्माता भुवन केसीले कलाकार संघमा उजुरी दिएका छन् । केही दिनदेखि साम्राज्ञीले आफूविरुद्ध निराधार र मनगढन्ते आरोप लगाएको भन्दै उनले बिहीबार संघमा एक निवदेन दिइ छानबिनको माग गरेका हुन् ।

 

 

साम्राज्ञीले सामाजिक सञ्जालमा लगाएका आरोपमा सत्यता नभएको र यसले चलचित्र क्षेत्रको नै बद्‍नामी भएको भुवनको बुझाई रहेको छ । उनको उजुरीमा लेखिएको छ, ‘आजभन्दा ५–६ वर्षअगाडि निर्माण गरेको चलचित्र ‘ड्रिम्स’ मा मैले कुनै किसिमको दु र्व्यव हार गरेको छैन । यो कुरा त्यतिखेर काम गर्ने चलचित्रकर्मीलाई सोध्दा पनि थाहा हुन्छ ।’

 

बिहीबार नै केसीले फेसुबकमा स्टाटस लेख्दै साम्राज्ञीलाई मानहानी हुने सामाग्री सार्वजनिक नगर्न चेता वनी दिएका थिए । उनले साम्राज्ञीलाई साइबर कानून र मानहानीसम्बन्धि कानून प्रयोग गर्ने पनि बताएका छन् । साम्राज्ञीलाई सम्बोधन गर्दै लेखेको लामो स्टाटसमा सामाजिक सञ्जालमा झुटा लाञ्छना लगाएमा कानुनी उपचारमा जाने चेता वनी पनि उनले दिएका छन् । अभिनेत्री शाहले इन्स्टाग्राममा भिडियो सार्वजनिक गर्दै म्यानेमेन्टको विषयमा बोल्दा उक्त फिल्मको व्यक्तिले अपशब्द प्रयोग गरेर गाली गरेको आरोप लगाएकी थिइन् ।

 

यसअघि साम्राज्ञीले इन्स्टाग्राममा आफूलाई तीन ठूला ब्यानारका फिल्मसँग सम्बन्धित व्यक्तिहरुले दु र्व्यव हार गरेको बताउँदै आएकी थिइन् । उनले कसैको नाम उल्लेख नगरे पनि पछिल्लो समय साम्राज्ञीको भिडियो सार्वजनिक हुनासाथ भुवनले फेसबुकमा प्रतिवाद गर्दै स्टाटस लेखेका थिए । केसीले खान नपाएको भन्दै सामाजिक सञ्जालमा रोई कराई गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छिन् ? भन्दै प्रश्न गरेका थिए ।

 

उनले थप्दै जुन थालमा खाने त्यही थालमा दुलो पार्ने । सामाजिक सञ्जालमा गर्ने बराबर अभिनय फिल्ममा पनि गरे हुने नी भनेर पनि मजाक उडाएका छन् । त्यसपछि भने अभिनेत्री शाहले भुवनलाई संकेत गर्दै त्यो स्ट्याटस लेख्ने व्यक्तिले जापानमा अवार्ड कार्यक्रम हुँदा नै बाबा हेर तँ त मेरो प्रोडक्ट हो। त्यो पुरानो कुरा कोट्याएर के फाइदा । यस्तो कुराहरु नगर भनेर मलाई सम्झाउनु भयो भनेकी छिन् ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु