आज निधन भएका भिक्षु डा. ज्ञानपूर्णिक को थिए ?


काठमाडौ । सङ्घनायक डा. भिक्षु ज्ञानपूर्णिक महास्थवीर अग्गमहापण्डितको ८१ वर्षको उमेरमा धापाखेलस्थित सुमेरु अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको छ । उनी लामो समयदेखि मधुमेह, उच्च रक्तचाप तथा मिर्गौला रोगबाट पीडित थियो । उनले बुद्ध शिक्षा र विपश्यना विकासमा अतुलनीय योगदान पुर्याएको छ । उनलाई उपचारका लागि दुई महिनाअघि सो अस्पताल भर्ना गरिएको भिक्षु निग्रोधले जानकारी दिए ।

 

 

छ महिनादेखि डायलासिस गराउँदै आउनुएका अग्गमहापण्डितलाई एक महिनाअघि सघन उपचार कक्षमा राखिएको थियो । उनको उपचारमा चिकित्सकद्वय ऋषिकुमार काफ्ले र विक्रम शाक्य सम्लग्न थियो । यसबीचमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सो अस्पताल पुगी भिक्षु अग्गमहापण्डितको स्वास्थ्य अवस्थाबारे जानकारी लिइ उनको उपचारमा सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिएको थियो ।

 

भिक्षु अग्गमहापण्डितले बुद्ध धर्मबारे ६० वटा पुस्तक लेखिएको छ । धर्मोदय महासभाको पूर्वअध्यक्षसमेत रहनुभएका उनले थाइल्याण्डको महाचुलालोङ्कर्न विश्वविद्यालय र महामुकुट विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि प्राप्त गरिएको थियो । उनी थेरवाद बुद्ध धर्मको सातौँ संघनायकसमेत थियो । यसबीचमा उनको स्वास्थ्य लाभको कामना गर्दै देशभरका झण्डै ३०० बौद्ध विहारमा पूजापाठ गरिँदै आएको थियो । उनको अन्त्येष्टिबारे आज दिउँसो निर्णय गरिने भिक्षु निग्रोधले बताए ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिविले लियो पढाइ शुरु गर्ने निर्णय, यसरी अनलाइन कक्षामा सहभागी हुन विद्यार्थीलाई अपिल [सूचनासहित]
भर्ना र कक्षा सञ्चालन नभएपनि अब यसरी सदुपयोग हुन्छ शैक्षिक सत्र, यसरी बढ्छ अर्को कक्षा
कोरोना महामारीका कारण रोकिएको परीक्षाबारे त्रिविका परीक्षा नियन्त्रकले पुनः दिए यस्तो बयान
त्रिविले परीक्षा नलिई माथिल्लो सेमेस्टर पढाउने    
कोरोना महामारीका कारण काठमाडौँ विश्वविद्यालय पनि बन्द
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता

सूचना विभाग दर्ता प्रमाणपत्र नं. ८३१/074-75
संचालक / सम्पादक : इन्द्र प्रसाद आचार्य

        || थप...