बिहीबार अमेरिकामा अहिलेसम्मकै सबैभन्दा धेरै ५३ हजार संक्रमित


१९ असार (रासस,एएनआई) ः विश्वमा सबैभन्दा बढी कोभिड १९ का संक्रमितहरु रहेको अमेरिकामा बिहीबार मात्र ५३ हजार जना संक्रमित थपिएका छन् । अमेरिमा एकैदिन यतिधेरै संक्रमित थपिएको यो नै पहिलो हो । अमेरिकी पत्रिका वासिङटन पोष्टले यो कुराको जानकारी गराएको समाचारमा जनाइएको छ ।

बिहीबार फ्लोरिडा राज्यमा मात्र १० हजार १०९ जना नयाँ संक्रमित देखिएका छन् । अमेरिकामा एकै राज्यमा यति धेरै संक्रमित फ्लोरिडामा देखिएका छन् ।अमेरिकाको जोन हप्किन्स युनिभर्सिटीले बिहीबारको तथ्यांकमा जनाएअनुसार यहाँ २७ लाख ३२ हजार ६३९ जना संक्रमित पुगेका छन् ।

त्यस संक्रमणबाट यहाँ १ लाख २८ हजार ६४३ जनाको मृत्यु भइसकेको छ । बिहीबारसम्म विश्वमा यस संक्रमणबाट एक करोड भन्दा बढी मानिस संक्रमित भएका छन् भने पाँच लाख भन्दा बढी मानिसको ज्यान गएको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिविले लियो पढाइ शुरु गर्ने निर्णय, यसरी अनलाइन कक्षामा सहभागी हुन विद्यार्थीलाई अपिल [सूचनासहित]
भर्ना र कक्षा सञ्चालन नभएपनि अब यसरी सदुपयोग हुन्छ शैक्षिक सत्र, यसरी बढ्छ अर्को कक्षा
कोरोना महामारीका कारण रोकिएको परीक्षाबारे त्रिविका परीक्षा नियन्त्रकले पुनः दिए यस्तो बयान
त्रिविले परीक्षा नलिई माथिल्लो सेमेस्टर पढाउने    
कोरोना महामारीका कारण काठमाडौँ विश्वविद्यालय पनि बन्द
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता

सूचना विभाग दर्ता प्रमाणपत्र नं. ८३१/074-75
संचालक / सम्पादक : इन्द्र प्रसाद आचार्य

        || थप...