काठमाडौं । चीनसँग बढ्दै गएको तनावका बीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लद्दाखमा पुगेका छन् । मोदी भारत–चीनबीचको विवादित सीमा क्षेत्र लद्दाख पुगेका हुन् । मोदीसहित भारतीय स्थल सेनाका प्रमुख मनोज मुकुन्द नरभाने र चीफ अफ डिफेन्स स्टाफ विपिन रावत शुक्रवार बिहान लद्दाखको राजधानी लेह पुगेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

मोदीले लेह पुगेर त्यहाँका सैनिकसँग पछिल्लो अवस्थाबारे जानकारी लिएका हुन् । भारत चीनको सीमा क्षेत्र लद्दाखको गलवान उपत्यकामा दुई देशका सेनाबीच भएको लडाँईमा भारतीय कर्णेलसहित २० जना सेनाले ज्यान गुमाएपछि भारत–चीन सीमा विवाद उत्कर्षमा पुगेको छ । दुई देशले सीमा विवाद मिलाउन पटकपटक वार्ता गरिसकेका छन् । तर कुनै पनि वार्ता सफल भने हुन सकेको छैन् ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

https://www.youtube.com/watch?v=g8THkD6V5WQ&t=46s

सम्बन्धित खबरहरु