ओली-प्रचण्ड वार्ता सकारात्मक, भोलि फेरि बस्ने


काठमाडौ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वयसहितका नेताहरूबीचको वार्ता सकिएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरूबीचको बैठक सकिएको हो । उनीहरूबीचको वार्ता सकारात्मक रहेको वार्तामा सहभागी एक नेताले बताए ।

 

 

ती नेताका अनुसार दुवै अध्यक्षले आ–आफ्ना कुरा खुलेर राखेका थिए । यद्यपि, प्रचण्डले राजीनामा माग्ने र ओलीले दिन्न भने अडान कामय रहेको बताइएको छ । वार्ता सकारात्मक रहे पनि निर्णायक मोडमा नपुगेको अर्को चरणमा बस्ने गरी टुङ्गिएको बताइएको स्रोतको भनाइ छ । बैठक सकारात्मक छ, स्रोतले भन्य फेरि भोलिको स्थायी कमिटी बैठकअघि अर्को चरणमा बसेर सबै विषयमा कुराकानी गर्ने सहमति भएको छ ।’

 

दुवै अध्यक्षबीच बालुवाटारमा करिब ३ घण्टा वार्ता भएको थियो । छलफलमा अध्यक्षद्वय ओली र प्रचण्डबाहेक महासचिव विष्णु पौडेल र नेता जनार्दन शर्मा पनि सहभागी थिए । बैठकमा प्रधानमन्त्रीले पद छोड्नुपर्ने कारण प्रचण्डले राखेका थिए भने ओलीले अहिले नै पद छोड्न नहुने कुरा दोहोर्याएका थिए ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिविले लियो पढाइ शुरु गर्ने निर्णय, यसरी अनलाइन कक्षामा सहभागी हुन विद्यार्थीलाई अपिल [सूचनासहित]
भर्ना र कक्षा सञ्चालन नभएपनि अब यसरी सदुपयोग हुन्छ शैक्षिक सत्र, यसरी बढ्छ अर्को कक्षा
कोरोना महामारीका कारण रोकिएको परीक्षाबारे त्रिविका परीक्षा नियन्त्रकले पुनः दिए यस्तो बयान
त्रिविले परीक्षा नलिई माथिल्लो सेमेस्टर पढाउने    
कोरोना महामारीका कारण काठमाडौँ विश्वविद्यालय पनि बन्द
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता

सूचना विभाग दर्ता प्रमाणपत्र नं. ८३१/074-75
संचालक / सम्पादक : इन्द्र प्रसाद आचार्य

        || थप...