फेसबुक लाइभ आएर देहत्याग गरेकी एलिसा गौतमको कोठामा भेटियो यस्तो नोटबुक [भिडियोसहित]


काठमाडौ । गएको बुधबार तुलसीपुरकी एक युवती मध्यरातमा फेसबुक लाइभ आइन् । देहत्यागको तयारी गरिरहेको उक्त भिडियो देख्नेले चितवनबाट प्रहरीलाई जानकारी दिए । ति युवतीले नेपाली गीतहरु पनि सुन्दै गरेको भिडियोमा देखिन्थ्यो । भिडियो लाइभ भइरहेको स्थान खोजी गर्न प्रहरी लागिपर्यो । सजिलै नभेटिएपछि प्रहरीको सा इबर क्रा इम ब्युरोमा सम्पर्क गरेर लोकेसन खोजि गरियो । अनुसन्धानपछि तुलसीपुरको रानीजरुवा क्षेत्रबाट भिडियो लाइभ भइरहेको जानकारी पाइयो । यति भैसकेपछि त्यस क्षेत्रका एक युवाको फोन नम्बर पनि प्राप्त भयो । प्रहरीले ती व्यक्तिलाई फोन गरी युवती बसेको घर भेट्यो । यति गर्दासम्म युव तीले पं खामा झु न्डिएर दे हत्याग गरिसकेकी थिइन् ।

 

 

यसरी मृत्यु रोज्ने ति युवती तुलसीपुर–५ रानीजरुवाकी २३ वर्षीया एलिसा गौतम थिइन् । भिडियोमा पटकपटक नमस्कार गर्दै, कान समात्दै पं खामा झु न्डिन खो ज्दै गरेको देख्न सकिन्थ्यो । भिडियो हेर्दा तीन मिनेटमा सबै काम सकिएको छ । प्रहरीले खोज्दाखोज्दै समय लागेका कारण बचाउन नसकेको बताएको छ । इलाका प्रहरी तुलसीपुरका अनुसार मध्यरातमा घटना भएकाले घर पत्ता लगाउन कठिन भयो ।

 

गौतमले देहत्याग गर्नु अघि ‘मेरो लाशको म लामी तिमी हुनु’ बोलको गीत बजाएकी थिइन् । राति साढे १ बजेतिर ३ मिनेट ४० सेकेन्डको भिडियो लाइभ गरिएको थियो । भिडियोमा बत्ती अफ गर्दै फेरि पंखाको नजिक पुग्दै, फेरि अन गर्दै गरेको भिडियोमा देखिन्छ । मध्यरातमा घटना भएकाले धेरैलाई थाहा नभएको बताइएको छ ।

 

उनका छिमेकीहरुका अनुसार एलिसाको दुईपटक विवाह भैसकेको थियो । उनका आमाबाबु रोजगारीका सिलसिलामा भारतमा बस्दै आएका छन् । त्यसपछि नै उनी माइतीमा एक्लै बस्दै आएकी थिइन् । एलिसाको गंगादेव गाउँपालिका–६, रोल्पाका पुरुषसँग ०७० सालमा विवाह भएको थियो । प्रहरीका अनुसार ०७१ पुसमा छोरी जन्मेको र उनी अहिले आफ्ना बाबुसितै रहेको थाहा खुल्न आएको छ । छोरी जन्मेको दुई वर्षपछि एलिसाको सम्बन्धविच्छेद भएको थियो । त्यसको दुई महिनापछि गंगादेव–७ का पुरुषसँग फेरि विवाह भएको प्रहरीले जानकारी दिएको छ ।

 

तर पछि दोस्रो श्रीमान्ले पनि अर्कै युवती लिएर भारततिर गएपछि एलिसा वैदेशिक रोजगारीका लागि ०७४ मा मलेसिया गएकी थिइन् । मलेसिया गएको सात महिनापछि उनी फर्केर तुलसीपुरस्थित माइतीमा आइन् । माइतीमा केही दिन बसेर फेरि उनी काठमाडौं आएको पनि जानकारी दिइएको छ । गौतम काठमाडौंमा एक वर्ष बसेर पाँच महिनाअघि तुलसीपुर गएर बसेकी थिइन् । उनी बस्ने गरेको माइतीघरमा १५ महिनादेखि दुई कोठा भाडामा लिएर एक मजदुर बस्दै आएको पनि खुलासा भएको छ । प्रहरीका अनुसार उनको कोठाबाट ‘आई लभ यु मम् ।

 

मलाई हजुरको धेरै याद आयो । म आज धेरै दुःखी छु । मेरो भाग्य हेर्नु त । म आज अन्तिम अवस्थामा पुगेको छु’ लेखेको नोटबुक प्राप्त भएको छ । देहत्यागबारे आवश्यक थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
कोरोना महामारीका कारण काठमाडौँ विश्वविद्यालय पनि बन्द
परीक्षा बारे त्रिवि बल्ल औपचारिक रुपमा बोल्यो
यस्तो महत्वपूर्ण विषयमा त्रिविले जारी गर्यो तीन वटा विज्ञप्ति [विज्ञप्तिसहित]
कोरोना संक्रमणको जोखिम बढेपछि विद्यार्थीको कक्षा स्तर बृद्धि गर्ने त्रिविको यस्तो तयारी
स्थगित परीक्षा बारे त्रिवि बोल्यो
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता

सूचना विभाग दर्ता प्रमाणपत्र नं. ८३१/074-75
संचालक / सम्पादक : इन्द्र प्रसाद आचार्य

        || थप...