काठमाडौं । सप्तरीको हनुमाननगर कङ्कालिनीमा करेन्ट लागेर आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा हनुमाननगर कङ्कालनी नगरपालिका–७ बनिया टोल बस्ने ४५ वर्षीया राजदेवी गुप्ता रहेको इलाका प्रहरी कार्यालय हनुमानगरले जनाएको छ ।

आफ्नै घरको कल (ट्युबवेल)मा जडान गरिएको मोटरको तारबाट गुप्तालाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएकी उहाँको उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण अस्पताल ल्याउँदै गरेको अवस्थामा बाटो मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु