काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड १९)को परीक्षण दायरा बढाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवत्ता डा जागेश्वर गौतमले परीक्षणको दायरा बढाउन क्यान्सर, मधुमेह, सघन उपचार कक्ष (आईसीयू) र आकस्मिक सेवामा उपचारारत सवै बिरामीको पीसीआर परीक्षण गर्न थालिएको बताउनुभयो ।

यसअघि विदेशबाट आएका, क्यारेन्टिनमा बसेका सम्भावित सङ्क्रमित, सङ्क्रमित व्यक्तिको यात्रा हेरेरमात्र परीक्षण गर्ने गरेकामा अबदेखि क्यान्सर, मधुमेह, सघन उपचार कक्ष (आईसीयू) र आकस्मिक सेवामा उपचाररत सबै बिरामीको पीसीआर परीक्षण गरिन थालिएको हो ।

यसैगरी सबै स्वास्थ्यकर्मीको समेत कोभिड–१९ को पीसीआर परीक्षण गरिने उहाँले जानकारी दिनुभयो । अहिलेसम्म देशभरका २३ प्रयोगशालाबाट दुई लाख ४२ हजार २४७ जनाको हालसम्म पीसीआर परीक्षण भएको छ । विगत २४ घण्टामा चार हजार ४८३ जनाको कोभिड–१९ पीसीआर परीक्षण गरिएको छ ।

प्रवक्ता डा गौतमले क्लिनिकल समन्वय समितिको निर्णयअनुसार अबदेखि सरकारीसँगै सामुदायिक र निजी अस्पतालमा पनि कोभिड–१९ को उपचार गरिने बताउनुभयो ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु