काठमाडौ । ब्याचलर इन ट्राभल एण्ड टुरिजम म्यानेजमेन्ट (बीटीटीएम) कोर्स हाल धेरै विद्यार्थीको रोजाईमा पर्छ । यो कोर्सको उद्देश्य सरकारी तथा गैरसरकारी क्षेत्रका लागि यात्रा र पर्यटनको क्षेत्रमा उच्च स्तरिय दक्ष जनशक्ति प्रदान गर्नु हो । होटल तथा रेष्टुराँको बढ्दो संख्या, पर्यटन क्षेत्रको विकासले पर्यटन क्षेत्रमा भएको गति सजिलै अनुमान लगाउन सकिन्छ । यो क्षेत्रमा करियर बनाउन चाहानेहरुको लर्को हामीले देख्न सक्छौं । स्वदेशमै बसेर पर्यटनका विभिन्न क्षेत्रमा काम गरि जिविकोपार्जन मात्र नभई यसलाई एउटा विशाल उद्योगको रुपमा स्थापना गर्ने हो भने कैयौं युवाहरुलाई विदेशीनबाट रोक्न सकिन्छ । अब यो पढेर नै यो क्षेत्रमा लाग्ने विद्यार्थीको संख्या पनि बढिरहेको छ । प्लस टु सकेर बीटीटीएम कोर्सलाई रोजाइ बनाइ विद्यार्थीहरु पर्यटनको क्षेत्रमा अघि बढ्छन् ।

 

प्लस टुमा व्यवस्थापन पढ्दा विद्यार्थीहरुले पछि कुन क्षेत्रलाई समातेर अघि बढ्ने भन्ने मेसो पाएका हुँदैनन् । यो ४ वर्षे कोर्स हो । यात्रा र पर्यटन क्षेत्रको बढ्दो अवसरमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले यो कोर्स नेपालमा भित्रिएको हो । नेपालमा यो कोर्स भित्रिएको झन्डै १५ वर्ष भयो । सुरुवातको समयमा यो कोस ३ वर्षे थियो ।

 

यो कोर्स पूरा गरेका विद्यार्थी भविष्यमा अन्तर्राष्ट्रिय पर्यटक सेवा जस्तै ह्यान्डलिङ, टुर म्यानेजिङ र प्लानिङ, ¥याफटिङ र ट्रेक प्रोग्राम, राष्ट्रिय र अन्तर्राष्ट्रिय टिकेटिंग, पर्यटन विकास योजना, पर्यटन व्यवस्थापन नीति लागू र थप उन्नत कोर्स सञ्चालन गर्न सक्षम हुन्छ ।
यो कोर्स पढ्न चाहने विद्यार्थीले प्लस टुमा कुनै पनि संकायबाट कम्तीमा सेकेन्ड डिभिजनमा पास गरेको हुनुपर्छ । यो कोर्समा भर्नाका लागि विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयको केन्द्रिय म्यानेजमेन्ट एण्ड मिसन टेस्ट (सीम्याट) र अन्तर्वाता पास गर्नुपर्ने हुन्छ । एकपटक बीएचएम र बीटीटीएमको लागि निवेदन गरिसकेकाहरुले पुनः गर्नुपर्दैन । सीम्याटको परीक्षामा प्राप्त अंक एक वर्षको लागि मान्य हुन्छ । बीटीटीएम कोर्समा सम्बन्धित सैद्वान्तिक तथा व्यवहारिक ज्ञान समेत प्रदान गर्छ । विद्यार्थीलाई व्यवहारिक ज्ञान दिनका लागि अध्ययनको समयमा विभिन्न पुस्तक समिक्षा, सामूहिक छलफल, समस्या हल गर्ने अभ्यास, अडियो—भिडियो व्याख्या, गोष्ठी, गेष्ट लेक्चर, औद्योगिक संलग्न, क्षेत्र अनुसन्धान र शिक्षक बन्ने जस्ता कामहरु सिकाउँछ ।

 

साथै विद्यार्थीको सिकाइ प्रभावकारी होस भन्नका लागि पर्यटन क्षेत्रका प्रमुख र अनुभवी मानिसहरुलाई ल्याएर अन्तक्र्रिया गर्न लगाइन्छ । यो कोर्सले व्यवसायीहरुलाई पर्यटक र स्थानीय मानिसबीचको दूरी कम गर्छ । व्यवसायिक व्यक्तिहरु अतिथी सत्कार र प्रबन्ध गर्नमा सिपालु हुन्छन् र सजिलोसँग कुनै पनि परिस्थितीलाई सम्हाल्न सक्छन् । नेपालमा यस्ता धेरै रमणीय क्षेत्रहरु छन् जहाँ वर्षेनी हजारौं पर्यटकहरु आउने गर्छन् । पोखरा, बुटवल, चितवन, मुस्ताङ, काठमाडौं, पाल्पा, बन्दिपुर, तानसेन, नगरकोट बेसिशहरलगायतका थुप्रै ठाउँहरु छन् जहाँ पर्यटकहरु भ्रमणका लागि आउने गर्छन् । उक्त पर्यटकहरुलाई व्यवसायिक व्यक्ति आवश्यक पर्दछ त्यसकारण पनि यो क्षेत्रमा सुनौलो भविष्य बनाउन सकिन्छ । उत्पादित जनशक्तिले देशभित्र र बाहिरका पर्यटन क्षेत्र र त्यससँग सम्बन्धित विभिन्न क्षेत्रमा रोजगारी पाउने गरेका छन् । नेपालमा स्नातक तहमा ट्राभल एण्ड टुरिजम सम्बन्धी पठनपाठन हुने दुईवटा विश्वविद्यालय छन् । जसमा देशकै सबैभन्दा ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी यस विषयमा स्नातक तह पठनपाठन गराउने गर्दछन् ।

 

 

जसमध्ये त्रिभुवन विश्वविद्यालयले, पब्लिक युथ क्याम्पस ठमेल र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) ले पढाउने गर्दछन् । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिई काठमाडौं कलेज अफ ट्राभल एण्ड टुरिजम रवि भवनले पनि यो विषय पढाउने गर्छ । प्रत्येक वर्ष नेपालबाट ट्राभल एण्ड टुरिजम पढेका करिब ४ सय विद्यार्थी उत्पादन हुने गर्दछन् । यस अन्तर्गत विदेशीलाई पर्यटकीय स्थलको दृश्यावलोकन कसरी गराउने, भाषा के कसरी बुझ्ने र बुझाउने भन्नेजस्ता समस्याहरुको कारण पत्ता लगाई त्यसको समाधान कसरी गर्ने भन्ने क’boutमा अध्ययन अध्यापन गराइन्छ । यसको अध्ययन अवधि ६ ओटा सेमेस्टरमा विभाजन गरिएको हुन्छ । उत्पादन भएका विद्यार्थीमध्ये करिब २५ प्रतिशत विदेशी एअरलाइन्समा रोजगारी पाउने गरेकाले केही विद्यार्थी एअरलाइन्समा नै खपत हुने गरेको तथ्यांक छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु