काठमाडौ । कोरोनिल औषधिका विषयमा पतञ्जलि आयुर्वेदले यूटर्न लिएको छ । उत्तराखण्ड आयुष विभागले पठाएको नोटिसको जवाफमा पतञ्जलिले कोरोनाको औषधि नै नबनाएको दाबी गरेको छ । तर केही दिनअघि बाबा रामदेव र आचार्य बालकृष्णको उपस्थितिमा कोरोनिल नामक औषधिको शुभारम्भ समारोह आयोजित गरिएको थियो ।

 

 

मन्त्रालयबाट नोटिस आएपछि कोरोनाको दाबीबाट रामदेव पल्टिएका हुन् । आफूले कोरोनाको औषधि नबनाएको तर आफ्नो औषधिबाट कोरोनाका रोगी ठीक भएको उनले बताएका छन् । आचार्य बालकृष्णले भने, ‘हामीले कोरोनाको औषधि बनाएको दाबी गरेकै छैनौं । सरकारको निर्देशिकाबमोजिम बनाइएको औषधिले कोरोनाका रोगी ठीक भएका छन् । आयुष विभागले पठाएको नोटिसको जवाफ हामीले दिएका छौं ।’

 

एक हप्ताअघि पतञ्जलि आयुर्वेदले राजस्थानको निम्स विश्वविद्यालयसँग मिलेर कोरोनाको औषधि बनाएको दाबी गरेको थियो । औषधिको नाम कोरोनिल र श्वासारी वटी राखिएको थियो । विश्वविद्यालयको उपस्थितिमा हरिद्वारमा कोरोनिल शुभारम्भ गरिएको थियो । कोरोना रोगीमा औषधिको क्लिनिकल ट्रायल गरिएको दाबी समेत पतञ्जलिले गरेको थियो । त्यसपछि आयुष विभागले कारण देखाऊ नोटिस जारी गरेको थियो ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु